डा.योगी विकाशानन्द दार्शनिक, नेपाल मनोक्रान्ति योगका द्रष्टा एवं अगुवा हुन् ।
उनले मनोक्रान्तिको माध्यमबाट नेपालमा योग, ध्यान, दर्शन र अध्यात्मको प्रचार कार्य गरेका छन् । उनको जन्म वि. सं. २०१८ असार २ गते भएको हो । उनी २०३९ माघ १३ जनकपुरको नराहा भनिने ठाउँमा गहिरो ध्यान लागेपछि अध्यात्मको खोजीमा भारत पसेका थिए ।
६ वर्षको प्रवास पछि २०४७ सालमा नेपाल फर्केर योग सिकाउन सुरु गरे । उनको विवाह कमलेश्वरी सैंजु सँग भएको छ ।
संसार बदल्नु छ भने सुरुवात आफैबाट गर्नपर्छ भन्ने जीवन जिउने कला सिकाउँदै समाजमा सकारात्मक भावनाको जागरण गराउने हुनाले विकासानन्दलाई उत्प्रेरक पनि मानिन्छ ।
यी हुन् उनका १० माननीय भनाइहरू
मूर्ख त्यो होइन जसलाई पढ्नै आउँदैन,मूर्ख त्यो हो जो पढेका कुरा व्यवहारमा ल्याउन जान्दैन।
असफलता झेल्ने आट नभएकाहरू सफलताका हकदार हुनै सक्दैनन्।
समस्या गरिबी होइन समस्या निष्क्रियता हो।
सम्पत्ति नभएर गरिब भइँदैन सम्पत्ति नचिनेर गरिब भइन्छ।
हामीलाई लामखुट्टेले हैन हाम्रै अल्छ्याइँले टोक्छ।
सुख खोज्नु पर्दैन दुःखको सदुपयोग गरे पुग्छ।
गरिब त्यो हैन जसले बिछ्याउना किन्न सक्दैन गरिब त्यो हो जो ठिक सँग सुत्न सक्दैन।
तबसम्म देशको समस्या समाधान हुँदैन जबसम्म आफ्नो मनको समस्या समाधान हुँदैन।
विषको मात्रा घटाए औषधि र औषधिको मात्रा बढाए विष बन्छ।
गलत नेता कसले जन्माउँछ, जनताले त्यसैले जनताहरू नसुध्रिए सम्म नेता सुध्रिँदैन।