चर्चित बलिउड अभिनेता संजय दत्तले प्राणघातक रोग क्यान्सरलाई जित्न सफल भएका छन् । दत्तका नजिकका मित्र तथा ट्रेड एनालिस्ट राज बंसलले भारतीय अखबार दैनिक भास्करलाई क्यान्सरलाई जितेको जानकारी दिएको उक्त अखवारको अनलाइन संस्करणमा उल्लेख गरिएको छ ।
समाचारमा जनाइए अनुसार आज बेलुका सम्म संजय दत्त र उनकी पत्नी मान्यताले पनि यसको आधिकारिक जानकारी दिन सक्ने बताइएको छ ।
संजयको सोमबार पोजिट्रान एमिसन टोमोग्राफी (पीटीइ) रिपोर्टै आएको छ जुन क्यान्सरको सबैभन्दा विश्वासिलो जाँच मानिन्छ । यसमा पीडिको क्यान्सर सेल्सको स्थितिबारे थाहा हुन्छ । केही दिन अघि आफुल क्यान्सरलाई जित्ने बताएका उनको नभन्दै क्यान्सरलाई पराजित गरेर छाडेका छन् ।
केही समयदेखि सञ्जय दत्तको बारेमा सञ्चारमाध्यम र सामाजिक सञ्जालमा गलत अफवाह फैलिएको भन्दै उनकी पत्नि मान्यता दत्तले यस्तो अफवाह नफैलाउन आग्रह गरेकी थिइन् ।
८ अगष्टमा सन्जय छातीमा दुखाई र सास लिन अफ्ठ्यारो भएकोले लीलावती अस्पतालमा भर्ना भएका थिए । डिस्चार्ज भएको ३ दिनपछि उनलाई क्यान्सर भएको खबर बाहिर आएको थियो ।
उनकी आमा नरगिसलाई पनि प्याङ्क्रियाजको क्यान्सर भएको थियो । उनकी आमाको क्यान्सरकै कारण सन् १९८१ म निधन भएको थियो । सञ्जयलाई क्यान्सर भएलगत्तै सामाजिक सञ्जाल र विभिन्न मिडियाहरुबाट दर्शक र सर्वसाधारणले स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।