धर्म शास्त्रका अनुसार बिहे गरेर बाँधिएको जोडी कहिल्यै छुट्न हुदैन भनिन्छ, तर कुमारी वा कुमार नै हुनुपर्छ भन्ने मान्यता अहिलेको समाजमा हराइसकेको छ । दोस्रो विवाह गर्नु अहिलेको समयमा खासै ठूलो असर पुराउछ जस्तो देखिएको छैन् ।
धेरै नेपाली अभिनेत्रीहरुले पहिले विवाह गरेर छुट्टिसकेका श्रीमान् रोजेका छन् भने कोही श्रीमतीसँगै बस्नेको दोस्री श्रीमती भएर पनि भित्रिएका छन् ।
पहिल्यै विवाह गरिसकेका पुरुष रुचाएर विवाह गर्ने ८ नेपाली अभिनेत्रीबारे आज जानकारी प्रस्तुत गरिएको छ ।
संचिता लुइँटेलः
अभिनेत्री संचिता लुइँटेल र अभिनेता निखिल उप्रेती सन् २००९ मा भागेर मुम्बई पुगेपछि मात्र यी दुइले विवाह गरेको खुलेको थियो । संचिताको पहिलो विवाह छोटो समयमा नै टुटेको थियो भने निखिल जेठी श्रीमती कोपिलासँगै बस्दथे । यी दुइले विवाह गर्दा निखिलको घरमा नाबालक छोरा पनि थिए । अहिले निखिल दुबै श्रीमतीसँग मिलेर बस्ने प्रयासमा छन् ।
सुस्मिता केसी:
अभिनेता अनमोल केसीकी आमा सुस्मिताले विवाह गर्दा अभिनेता भुवन केसीले पहिलो श्रीमतीसँग सम्बन्धविच्छेद गरिसकेका थिए । भूवन र सुस्मिताको विवाह पनि लामो समयसम्म टिक्न सकेन । सुस्मिताले अब विवाह गरेर ‘जात्रा नदेखाउने’ भन्दै दोस्रो विवाह नगर्ने बताएकी छिन् भने भुवन केसी विभिन्न महिलासँगको सम्बन्धका कारण अहिले पनि चर्चामा रहिरहन्छन् ।
थप जानकारी तलको भिडियोबाट
यी त उदारण मात्र हुन् । खोतल्दै जाने हो भने दोस्रो विवाह गर्ने धेरै कलाकार भेट्न सकिन्छ । तर यस्ता कलाकारको कथा भने बोग्ला बेग्लै रहेको छ । केही कलाकारले बाध्यताले दोस्रो विवाह गरेका छन्, भने केहीले अघिल्लोबाट धोका पाएर दोस्रो विवाह रोजेको हुन् । केहीले भने अघिल्लोलाई धोका दिएर दोस्रो विवाह गरेको देख्न सकिन्छ ।