काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले प्रदेश सरकार प्रमुखहरूसँग समसामयिक विषयमा छलफल गरेका छन् । उक्त भेट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सम्पन्न भएको हो ।
छलफलमा संघीय संरचनालाई थप प्रभावकारी र सुदृढ बनाउने विषयमा विशेष ध्यान दिइएको बताइएको छ । प्रधानमन्त्रीले संघीय शासन प्रणालीलाई कार्यान्वयनको तहमा मजबुत बनाउन आवश्यक सुधारहरू अघि बढाउने धारणा राखेका छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार संघीयताको कार्यान्वयनमा देखिएका चुनौती समाधान गर्न कानुनी तथा नीतिगत सुधार आवश्यक रहेको निष्कर्ष निकालिएको छ ।