एउटा निकै चर्चित हिन्दी गीत छः
‘ना उम्रकी सीमा हो, ना जन्म का हो बन्धन…
जब प्यार करे कोई, तो देखे केवल मन…’
प्रेमका लागि उमेरको सीमा र जन्मको बन्धनलाई तोड्ने कुरा गरिरहेको जगजित सिंहको यो गजल निकै चर्चित छ ।
अभिनेत्री सोहा अली खानको जन्म अक्टोबर ४ मा भएको थियो । उनले सन् २०१५ मा अभिनेता कुणाल खेमूसँग विवाह गरिन् । यी दुईको उमेर चार वर्षको अन्तर छ । अर्थात् सोहा भन्दा कुणाल चार वर्ष कान्छा छन् । तर सोहा र कुणाल मात्र यस्ता कम उमेर अन्तरका जोडी होइनन् । बलिउडमा यस्ता केही जोडी छन्, जसको उमेरको अन्तर निकै फरक छ । अर्थात अभिनेत्री श्रीमति भन्दा अभिनेता पतिको उमेर धेरै कम छ ।
विश्व सुन्दरी भइसकेकी अभिनेत्री सुस्मिता सेन र उनका प्रेमी रोहनको अफेयर कोही कतैबाट लुकेको छैन । उनीहरुको प्रेम यसकारण पनि चर्चामा आयो कि सुस्मिता रोहमन भन्दा १६ वर्ष जेठी छिन् ।
अभिनेत्री प्रियंका चोपडा र उनका पति निक जोनासबीच उमेरको अन्तर निकै फरक छ । उनीहरुको शाही विवाह जोधपुरको उम्मेद भवनमा भएको हो । निक प्रियंका भन्दा ११ वर्ष कान्छा छन् ।
बलिउड अभिनेता अर्जुन कपूर र अभिनेत्री मलाइका अरोडाको उमेर अन्तर पनि फरक छ । यो जोडी विगत केही समययता अफेयरका कारण चर्चामा छन् । उमेरको अन्तर हेर्ने हो भने मलाईका अर्जुन भन्दा १२ वर्ष जेठी छिन् ।
बलिउडकी सुन्दरी अभिनेत्री ऐश्वर्या राय बच्चन र उनका अभिनेता पति अभिषेक बच्चनको विवाह सन् २००७ मा भएको थियो । यो जोडीलाई बलिउडको परफेक्ट कपल मानिन्छ । यो जोडी प्रायः अवार्ड कार्यक्रम वा पार्टीमा सँगै देखिन्छन् । ऐश्वर्या उमेरको हिसाबले अभिषेक भन्दा २ वर्ष जेठी छिन् ।
पछिल्लो समयमा यस अनलाइनमा प्रकाशित भएका खोजमुलक समाचारहरु कपि गरेर आफ्नो साइटमा राख्ने पाइएको हुनाले केटीएम दैनिकको अनुमतिबिना कपी नगर्नुहोला । अन्यथा नेपालको प्रतिलिपी अधिकार ऐन र सामाजिक सञ्जाल फेसबुकको Intellectual Property Right अनुसार उजुरी गरिने व्यहोरा सबैको जानकारीको लागि सूचित गरिन्छ ।
बिमलले सचिनको खुट्टा ढोग्नुपर्छ भन्दै सचिनको बुबा र पुन्य गौतक आक्रोशित हेर्नुहोस् पूरा भिडियो
यदि जोडीबिच उमेरमा धेरै वर्षको ग्याप छ भने त्यसका विभिन्न परिणाम निम्तिन सक्छन् । जस्तै, यदि महिलाको उमेर ४० भन्दा बढि छ र उनको भर्खरै विवाह भएको छ भने गर्भाधान वा त्यससँग सम्बन्धित समस्या निम्तिन सक्छ । यस्तै, उमेर बढेसँगै मानसिक रोग पनि बढ्न थाल्छ ।
यदि दुई व्यक्ति समान उमेरका छैनन् भने उनीहरुको एक–आपसमा तालमेल स्थापित गर्न समस्या हुनसक्छ । बीबीसी रेडियो वानको एक रिपोर्ट अनुसार कम उमेरका व्यक्तिको सोच्ने तरिका भिन्न हुन्छ जबकी उमेरदार व्यक्तिको सोच फरक हुन्छ । त्यसकारणसोच्ने बुझ्ने कुरामा धेरै पटक मतभेद हुन्छ ।
यद्यपी, आपसी समझदारीको कुरा विभिन्न उमेरसमूह अनुसार परिवर्तन हुने गरेको उनी बताउँछिन् । यसबारे शिवानीले बिस्तारमा सम्झाउँछिन्, ‘जस्तै, एक जोडीमध्ये एकको उमेर २० वर्ष छ र अर्कोको ३० छ भने उनीहरुबीच आपसी मतभेद देख्न सकिन्छ तर अर्को जोडी ५० र ६० वर्षका छन् भने उनीहरुको समान मुद्दामा सहमती देख्न सकिन्छ । दुबै जोडीबीच १० वर्षको भिन्नता छ तर सम्बन्धमा एज बार महत्वपूर्ण हुने गर्छ ।’