काठमाडौं । आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर तनावग्रस्त भएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले आज बिहानै गिरफ्तार गरेको थियो । त्यसको विरोधमा एमालेका २३ जनसंगठनहरूले एकीकृत रुपमा माइतीघरमा प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीहरू निषेधाज्ञा तोडेर नयाँ बानेश्वरतर्फ अघि बढेपछि प्रहरीले धरपकड सुरु गरेको छ । यसक्रममा माइतीघर क्षेत्र तनावग्रस्त बनेको छ ।