काठमाडौं-‘विश्वकै सय प्रभावशाली व्यक्ति’को सूचीमा बलिउड अभिनेता आयुष्मान खुराना पनि पर्न सफल भएका छन् । विश्वप्रसिद्ध टाइम म्यागजिनले निकालेको सूचीमा कलाकार विधाबाट सन् २०२० का विश्वकै प्रभावशाली सय व्यक्तिमा अभिनेता आयुष्मान खुराना पर्न सफल भएका हुन् । टाइमको सूचीमा परेपछि खुशी हुँदै यो आफ्ना लागी गर्वको कुरा रहेको बताएका छन् ।
खुरानाले बिक्की डोनर’ बाट डेब्यू गरेका हुन । त्यस्तै ‘अन्धाधुन’, ‘आर्टिकल १५’, ‘शुभ मंगल ज्यादा सावधान’ लगायत चलचित्रमा सशक्त अभिनय गरेका छन् । त्यस्तै टाइमको सूचीमा पर्ने अन्य कलाकारमा सांगीतिक समूह ‘द विकेन्ड’, सेलेना गोमेज, जोजो सिवा, बोङ जून होलगायत रहेका छन् ।
नेतृत्व विधातर्फबाट अमेरिकी सिनेटर कमला ह्यारिस, ताइवानकी राष्ट्रपति साई इङ वेन, चिनियाँ राष्ट्रपति सी चिनफिङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, डेमोक्रेटिक नेता जो बाइडेन, जर्मन चान्सलर एन्जेला मर्केल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि रहेका छन् ।