फल्म ‘ग्याङ अफ वासेपुर’ जस्तो फिल्म बनाएका निर्देशक अनुराग कश्यप यतिबेला यौ न उत्पी डनको आरोप खेपिरहेका छन् । अभिनेत्री पायल घोषले उनलाई आफूमाथि यौ न उत्पीडन भएको बताएकी छन् । अनुरागलाई पायलले यौ न उ त्पीडनको आरोप लगाएपछि बलिउडमा पुनः एकपटक मीटू मुभमेन्ट चर्चामा आएको छ । हलिउडबाट शुरु भएको यो आन्दोलनले बलिउडमा कैयौं चर्चित व्यक्तिलाई छोएको छ । कैयौं महिलाले अगाडि आएर आफूमाथि भएको गलत व्यवहारको कुरा गरेका छन् । यसमा अनुराग कश्यपको प्रोडक्सन हाउस फेन्टमका सहयोगी विकास बहलदेखि वरुण ग्रोवरसम्म मुछिएका छन् ।
अभिनेत्री तनुश्री दत्ताले अभिनेता नाना पाटेकरमाथि एउटा गम्भीर आरोप लगाइन् । तनुश्रीले सन् २००८ मा ‘हर्न ओके प्लीज’को सेटमा नानाले आफूमाथि यौ न उ त्पीडन गरेको बताएकी थिइन् । तनुश्रीले नानाका विरुद्ध एक निवेदन पनि दर्ता गराएकी थिइन् । तर त्यो निवेदनमाथि कुनै सुनुवाई भएन । त्यसपछि उनले सन् २०१८ मा मीटू मूभमेन्टको समयमा आफ्नो आवाज पुनः उठाइन् । तर नानाले आफूमाथि लागेको आरोपलाई अस्वीकार गरे ।
फिल्म निर्माता विकास बहलमाथि एक महिला सहयोगीले यौ न उ त्पीडनको आरोप लगाइन् । महिलाले फिल्म ‘बम्बे बेलवेट’को प्रमोसनका समयमा गोवामा विकासले ला गुऔषध दिएर आफूमाथि यौन दुव्यर्वहार गरेको दाबी गरेकी थिइन् । यो मामलामा फेन्टम फिल्मस्को सहयोगी अनुराग कश्यप र विक्रमादित्य मोटबानेले मिडियामाझ विकासका विरुद्ध आवाज उठाएका थिए । यो विषयमा विकासले मानहानीको मुद्धा लगाउने धम्की पनि दिएका थिए । कंगनाले पनि विकासका विरुद्ध मुख खोलिसकेकी छन् ।
फिल्म तथा टेलिसिरियलमा संस्कारी बाबुको पहिचान बनाएका अभिनेता आलोक नाथमाथि पनि मिटू लाग्दा मान्छेहरु चकित परे । टेलिभिजन लेखक तथा निर्देशक विनिता नन्दाले फेसबुकमार्फत आलोकमाथि यौ न उत्पी डनको आरोप लगाइन् । विनिताले १९ वर्ष अघि शोको सेटमा आलोकले आफूमाथि उ त्पीडन गरेको खुलाइन् । यसपछि अभिनेत्री सन्ध्या मृदुल, दीपिका अमिन र ‘हम साथ साथ है’कि एक सहअभिनेत्रीले आलोकमाथि त्यस्तै आ रोप लगाए ।
गीतकार तथा स्टेण्डअप कमेडियन वरुण ग्रोवरमाथि एक महिलाले सन् २००१ मा एक नाटक रिहल्सलका समयमा गलत हर्क गरेको दाबी गरिन् । यो विषयमा बरुणले आफूमाथि लागेको आरोपको खण्डन गर्दै आफूले कसैलाई पनि गलत तरिकाले नछोएको बताएका थिए । त्यो समयमा अनुराग कश्यपले बरुणको समर्थन गरेका थिए ।
‘आँखो देखी’ जस्ता फिल्म बनाउने फिल्ममेकर र अभिनेता रजत कपूरलाई केही महिलाले सामाजिक सन्जालको माध्यमबाट यौन उ त्पीडनको आरोप लगाए । एक महिलाले रजतले सौरभ शुक्लाको मोबाइलबाट आफूलाई धेरैपटक फोन गरेको बताएकी थिइन् । पछि रजतले ती महिलासँग माफी माग्नु परेको थियो । यीबाहेक कैलाश खेर र अभजीत भट्टाचार्य पनि मीटू मुभमेन्ट अभियानमा मुछिए ।