काठमाडौं ४ असोज । प्रतिबन्धित मा दक पदार्थ एम डीएमए बेचेको आरोपमा अभिनेता /कोरियोग्राफर / डान्सर किशोर अमन शट्टी पक्राउ परेका छन् ।
प्रतिबन्धित मा दक पदार्थ बेच्ने र राखेको आरोपमा उनलाई शनिबार प्र क्राउ गरिएको हो ।
मंगलरु शहरका पुलिस आयुक्त विकास कुमारका अनुसार मोटसाइकलमा सवार शेट्टी र अर्का एक व्यक्तिलाई पक्राउ गरिएको हो । उनी माथि थप अनु सन्धान र कार वाही भइरहेको छ ।
शेट्टीले एबीसीडी फिल्म तथा डान्सिङ रियालीटी सो डान्स इन्डिया डान्समा भाग लिएका थिए ।
र यो पनि पढ्नुहोस
बलिउडमा झड्का : रियाले नामै तोकेर गरिन खुलासा
सुशान्त सिंह राजपुतको निधन पछि बलिउडमा एक पछि अर्को झ ड्का लाग्दै गएको छ । उनको निधनले बलिउड २ धारमा बाडिएर अनेक तर्क र बितर्क गर्न थाले । अनुसन्धान गर्दै जाँदा नयाँ नयाँ कुरा बाहिर आइरहेका छन् ।
बलिउड अभिनेत्री रिया चक्रवर्तीलाई नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी)ले पक्राउ गरेपछि धेरै व्यक्तिहरु यो घटना जोडिने अनुमान गरिएको छ । पछिल्लो समय चक्रवर्तीलाई ला’गु औ’षध लिने, दिने र बेच्ने गरेको आरोप लागेको छ ।
उनी आफैले पनि ड्र ग्स सेवन गर्ने गरेको कुरा स्वीकारेकी छिन् । उनीले आफुले सेवन गर्ने कुरा स्वीकार्दै बलिउडमा ८० प्रतिशत भन्दा बढी कलाकार कुलतमा रहेको बयान दिएको विभिन्न सञ्चारमाध्यमहरुले बताएका छन् ।
८० प्रतिशत भन्दा बढी कलाकार कुलतमा रहेको बयान दिएर नपुगे पछि रियाले नामै तोकेर आलोचना गर्न थालेको छिन् । उनले सारा अलि खान र राकुल प्रित सिंहको नाम जोडेपछि बलिउडमा तहल्का मच्चिएको छ । रियाले अब कस्कस्लाई मात्र फसाउने हुन् भनेर सबै तनावग्रस्त अवस्थामा देखिन थालेको भारतीय सञ्चार माध्यमहरुले जानकारी दिएका छन् ।