काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न भएको अवसरमा चीनले नेपाललाई बधाई व्यक्त गरेको छ।
नेपालस्थित चिनियाँ दूतावासद्वारा जारी विज्ञप्तिमा निर्वाचन सम्पन्न भएकोमा नेपालप्रति शुभकामना व्यक्त गर्दै प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई पनि बधाई दिइएको उल्लेख छ।
विज्ञप्तिमा चीनले दुई देशबीचको दीर्घकालीन मित्रता र आपसी सहयोगलाई अझ सुदृढ बनाउँदै सम्बन्धलाई अगाडि बढाउन नेपालसँग सहकार्य गर्न इच्छुक रहेको जनाइएको छ।
चिनियाँ पक्षले परम्परागत मैत्री सम्बन्धलाई थप मजबुत बनाउने, व्यावहारिक सहकार्यलाई विस्तार गर्ने तथा समग्र द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन नेपालसँग मिलेर काम गर्न तयार रहेको स्पष्ट पारेको छ।