काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा छापावाल सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको हो।
मूल्य वृद्धिसँगै आइतबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ५०० रुपैयाँ पुगेको छ। गत शुक्रबार सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले बढेको छ। शुक्रबार प्रतितोला ४ हजार ४०५ रुपैयाँ रहेको चाँदीको मूल्य आइतबार बढेर ४ हजार ४४० रुपैयाँ पुगेको महासंघले जनाएको छ।