काठमाडौँ । बूढीगण्डकी नदीमा पानीको सतह जोखिम तहभन्दा माथि पुगेपछि बेनीघाटदेखि मुग्लिनसम्मका क्षेत्रमा बाढीको जोखिम बढेको छ ।
बाढी पूर्वानुमान महाशाखाले सूचना जारी गर्दै बेनीघाट क्षेत्रमा बाढीको अति उच्च जोखिम रहेकाले स्थानीय बासिन्दालाई तत्काल सुरक्षित तथा अग्लो स्थानमा जान आग्रह गरेको छ ।
त्यस्तै, चितवन र नवलपरासीका नदी तटीय क्षेत्रमा मध्यम जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
बाढीसम्बन्धी थप जानकारी तथा सूचनाका लागि नेपाल बाढी सूचना फेसबुक पेज हेर्न वा ११५५ को विकल्प २ मा सम्पर्क गर्न सकिने महाशाखाले जनाएको छ ।