काठमाडौँ । इरानी सुरक्षा निकायले एक जना नेपाली नागरिकलाई नियन्त्रणमा लिएको तथ्य सार्वजनिक भएको छ।
परराष्ट्र मन्त्रालय अन्तर्गत पश्चिम एसिया महाशाखाका प्रमुख रामकाजी खड्काका अनुसार उक्त घटना स्ट्रेट अफ हर्मुज क्षेत्र आसपास भएको हो। उनले शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत सो जानकारी दिएका हुन्।
यसअघि इरानमा रहेका नेपाली नागरिकको संख्या ६ रहेको बताइएको थियो। तर पछिल्लो अद्यावधिक विवरणअनुसार त्यहाँ रहेका नेपालीहरूको संख्या बढेर ११ पुगेको मन्त्रालयले जनाएको छ।