सुशान्त सिंह राजपुतको मृत्युको विषयमा ना रकोटिक्स क ट्रोल ब्युरोले रिया चक्रवर्तीलाई ला गुऔ षध केसमा गिर फ्तार गरेको छ । रियाले लगातार जमानतको लागि रिट दिदै आएकी छिन्, तर अहिलेसम्म जमा नतमा छुट्न सफल भएकी छैनन् । हाल उनी जे लमा छिन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार रियाले आफ्नो आमा सन्ध्या चक्रवर्तीको मोवाइलबाट ला गुऔष धको बारेमा कुरा गर्ने पत्ता लागेको छ । एजेन्सीले उनको आमाको फोन जफत गरिसकेको छ । रियाको घरबाट एनसीबीले मोवाइल र ल्यापटप पनि नियन्त्रणमा लिएको छ । फोन र ल्यापटपमा भएको डाटाबाट केही वाट्सएप ग्रुपमा भएको ला गुऔ षध सम्बन्धि कुरा भेटिएको थिए । रियाको आमाको फोनको डाटा पनि लिइसकेको छ ।
रियाले एनसीबीको सोधपुछको क्रममा ला गुऔषध सेवन गर्नेमा दिल बचेराका निर्देशक मुकेश छाबडा, सारा अली खान र रकुल प्रीत सिंहको नाम समेत लिएकी थिइन् ।