लगातार घटिरहेको सुनमा मुल्य आज उकालो लागेको छ ।
बुधबार सुनको मुल्य अघिल्लो दिनको तुलनामा तोलामा ६ सय रुपैंयाले बढेको छ ।
आज छापावाल सुन तोलाको ९६ हजार ४ सयमा र तेजावी सुन ९५ हजार ९ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सुनको भाउ बढ्दा चाँदीको मुल्यमा पनि सामान्य रुपले बढेको छ । मंगलबारको तुलनामा चाँदीको मुल्य तोलामा ५ रुपैंया बढेर १३ सय १५ मा कारोबार भैरहेको महासङ्घले जनाएको छ ।
हिजो मंगलबार सुनको मुल्य यो महिनाकै कम मुल्यमा कारोबार भएको थियो । भाद्र २ र ३ गते १ लाख ४ सयमा कारोबार भएको सुनको मुल्य त्यसपछिका कुनैपनि दिन १ लाख नाघेको छैन ।
गत साउन २३ गते सुनको मुल्यले ऐतिहाँसिक मुल्य कायम गर्दै १ लाख ३ हजार ५ सय मा कारोबार भएको थियो ।