काठमाडौं । अमेरिका र इजरायलले शनिबार बिहान इरानमाथि संयुक्त आक्रमण गरेपछि मध्यपूर्व तनावग्रस्त बनेको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले इरानले अबुधाबी यूएई, बहराइन, कतार तथा कुवेतस्थित अमेरिकी सैन्य बेसमा मिसाइल आक्रमण भएको उल्लेख गरेका छन् ।
इजरायल र अमेरिकी आक्रमणपछि इरानले आक्रमणकारीहरूलाई पछुतो हुने चेतावनी दिएको छ ।
उता परराष्ट्र मन्त्रालयले इजरायल तथा इरानमा रहेका नेपालीहरूलाई सकेसम्म घरभित्रै बस्न भनेको छ ।
अलजजिराका अनुसार कतारले मोबाइल उपकरणहरूमा अलर्ट जारी गर्दै सबै बासिन्दाहरूलाई घरमा वा अन्यत्र जहाँ भए पनि सैन्य आधारहरूभन्दा टाढा घरभित्रै बस्न भनेको छ ।