काठमाडौं । सरकारले आगामी निर्वाचनमा घाइते भएका सुरक्षाकर्मीहरूको उपचार सरकारले निःशुल्क उपचार गर्ने भएको छ । मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले उक्त कुरा जानकारी गराए ।
निर्वाचनको क्रममा घाइते भएका प्रहरी तथा निर्वाचन प्रहरीको उपचार सरकारले व्यहोर्ने निर्णय भएको उनले बताए । त्यस्तै निर्वाचनको सुरक्षाका क्रममा सुरक्षाकर्मीको मृत्यु भएमा परिवारलाई आर्थिक सहायता प्रदान गर्ने पनि बैठकले निर्णय गरेको छ ।