सोमबार नेपालमा ८ सय ९९ संक्रमति फेला परेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशभर ११ हजार १ सय २९ जनाको नमूना परिक्षण गर्दा काठमाडौं उपत्यकामा २ सय ९८ सहित देशभर ८ सय ९९ जनामा कोरोना संक्रमण पाइएको हो ।
योसहित कूल संक्रमितको संख्या ३९ हजार ४ सय ६० पुगेको छ ।
उपत्यकामा आज भेटिएका संक्रमित मध्ये काठमाडौं जिल्लामा १९०, ललितपुरमा ६७ र भक्तपुरमा ४१ जना भेटिएको प्रवक्ता गौतमले बताए ।
त्यस्तै गत २४ घन्टामा ५८८ जना कोरोनामुक्त भएका छन् । अहिलेसम्म कोरोनामुक्त हुनेको संख्या २१ हजार ४ सय १० पुगेको छ ।
संक्रमितको संख्या ३९ हजार नाघ्दा २ सय २८ जनाले ज्यान गुमाएका छन् ।