नेपाल संविधानअनुरुप धर्म निरपेक्ष देश हो । आ–आफ्ना धर्ममा सङलग्न हुने पुरा छुट छ । तर केही वर्षयता धर्मको नाममा डरलाग्दो खेल हुँदै आइराखेको छ ।विश्वमा हिन्दू धर्म पुरानो भएपनि इसाई मान्नेको सङख्या बढि छ ।नेपालको कुरा गर्दा पनि पछिल्लो समयमा इसाई मान्नेहरु बढेकै छन् ।२०११ को तथ्यांक अनुसार ३ लाख ७५ हजारको हाराहारीमा भएपनि विश्व इसाई लेखा सञ्चय अनुसार १२–१५ लाख नेपालीहरु इसाई धर्ममा आबद्ध छन् ।(रेकर्ड नेपाल ,२०१७) जसमध्ये ६५ प्रतिशत दलित छन् ।(राष्ट्रिय इसाई संघ,नेपाल)
दुर्गम गाँउ त्यसमा पनि जसलाई समाजले नै अपहेलना र तिरस्कार गरेको छ,त्यस्तो समाजमा अझ प्रभावकारी हुने भयो इसाईकरण ।नेपालमा यसरी इसाई धर्म प्रवेश गर्नुलै विभिन्न कोणबाट हेर्न सकिन्छ ।
नेपाल हिन्दूको बढी जनसङ्र्रख्या भएको राष्ट्र हो भनेर सर्वविदितै छ तर पनि नेपालमा धेरै दलितहरु धर्मको नाममा पीडित छन् । झन्ठै ३८ प्रतिशत दलित मन्दिर जान हिचकिचाउँछन् भने ४६ प्रतिशत दलितहरुलाई मन्दिर जाननिषेत छ ।(अन्र्तराष्ट्रिय श्रम कार्यलय,२००५) हिन्दू पुरानो धर्म भएपनि सम्प्रदाय भित्रको मतभेद र विचारमा कट्ररपनका कारण माथि उठ्न सकेको छैन ।
पौराणिक कथन हेर्ने हो भने पनि ब्रह्मदिक्षाको लागी गौतम ऋषिका गएका सत्यव्रत निच जातबाट आएको प्रसङ्र्ग त छँदै छ ,रामायणमा शुद्र जातिको कानमा सिसा पग्लाएर हालेको घटना पनि त्यतिकै घतलाग्दो छ । महाभारतमा हजारौँ अनुयायी लिएर दलित भएकै कारण बौद्ध बनेका अम्बेदकरको घटना पनि समय सान्दिर्भक छ ।
कहिले हामी एक हुन्छौँ ,जातियताबाट मुक्त भएर । कहिले हाम्रो समाजमा कामी दाईले मन्त्रोचारण गर्छन् र बाहुनदाईले ऐरानमा फलाम तताउँछन् ? कहिले क्षेत्रीनी दिदी कपडा सिउँछिन् र दमिनी दिदी शिक्षीका हुन्छिन् ?? कहिले मुसहर दाई मन्त्री हुन्छन् र राउटे दाई राजनितिक उम्मेदवार ?
हिन्दुहरुलाई शास्त्रमा बढि नै विस्वास भएको पाइन्छ ।त्यसमा पनि मनुस्मृतिबाट उनीहरु प्रभावितभएको पाइन्छ जुन् इसापूर्व द्रोस्रो वात्रसो शताब्धितिर लेखिएको मानिन्छ, जसका केही श्लोक यस प्रकार छन् ।
समवर्णो द्विजातीनां द्धादशैव व्यतिक्रमे
वादेष्ववचनीयेषु तदेव द्धिगुणं भवेत्
एकजातिद्र्धिजातींस्तु वाचा दारुणया क्षिपन्
जिहया : प्राप्रुयाच्छेदं जघन्यप्रभवो हि सः ।।(अष्ट अध्याय,२६९–२७० श्लोक)
भावानुवादः कुनै शुद्र, जातिले कठोर बोलीमा अपमान गरे ,त्यसको जिब्रो काट्दिनु किनभने शुद्र खुट्टाबाट उत्पन्न भएकाहुन् ।
यहीबाट पुष्टि हुन्न र, कति कठोर र निर्दयी व्यवहार गरिने प्रावधान छ तल्लो जातिलाई ।यस्ता अनेकौं श्लोक छन् जसमा जात अनुसारको व्यवहारको अवधारणा पाइन्छ ।यस्तै विभत्स कृकृत्यको लामो श्रृङ्खला छ,मनुस्मृतिमा ।आजकल , त्यस्तो कार्य नभएपनि ,हिन्दू धर्मालम्बीमा यसको प्रभाव गहिरो छ ।
हर व्यक्ति कुनै निर्णय आफ्नै स्वार्थका लागि गर्छ ।जब म गरिब छु, अशिक्षित छु, पिछिडिएको छु र त्यो बेला कोहीआएर मलाई, तपाईलाई रोजगार दिन्छु, शिक्षा दिन्छु वा आम्दानीको स्रोत खुलाइदिन्छु भन्यो भने म लोभिनु स्वाभाविक हो किनभने मेरो स्वार्थ पुर्ति हुन्छ त्यसबाट ।त्यो स्थितिमा यो कुरा अर्थहिन हुन्छ कि, अगाडीका व्यक्ति कुन ध्येयले मेरो स्वार्थ पुर्ति गर्छ । यही मुख्य कारण हो इसाई प्रभावको नेपालमा । विचारमा अध्यात्मकिता भौतिकता भन्दा ठुलो होला तर अवधारणा र यथार्थमा भगवान् कहिल्यै भोकभन्दा ठुलो हुँदैन।जीवनको भोगाई र बोलाईमा धेरै फरक हुन्छ ।जसको आफ्ना दैनिकीलाई चाहिने कुरा पनि पूर्तिगर्न सक्दैन, उसले कहिल्यै परमार्थको कल्पना गर्ने कुरै आउन सक्दैन ।
निजी जिन्दगीका अनेकन् आवश्यकताको पूर्णाता त्यस वाचाको पूर्ति नभई, धर्म परिवर्तनको कुनै अन्तर्य देखिदैन नेपालमा । लेखक यहाँ यो दावा गर्दैनकी मात्र निजी स्वार्थले इसाई धर्ममा प्रवेश भए होलान्, कोहिको धार्मिक आस्था पनि हुन सक्छ तर त्यो प्रतिशत ज्यादै न्यून रहेको छ ।अझ धर्मलाई गहिरिएर हेर्न हो भने हिन्दू धर्म बढि समृद्ध देखिन्छ ।यहि समृद्ध देखेर इसाई मुलकका अनेकन् वैज्ञानिक उपनिषद् र वेदको अन्तर्य बुझ्न जिन्दगी बिताएका छन् । वेदान्त सोसाइटी अफ न्युर्योकमा भागवतका गाथा र इस्कोन जस्ता संस्थामा राधा–कृष्णको भजन सुनेर लठ्ठिनेको कमी छैन ।जीवनको भौतिकता सुख भोगे पनि ,आन्तरिक अभावले छट्पटिएका यी यात्रीहरु ,यस्ता संस्थामा पुगेपछि प्रफुल्लित महसुस गर्छन् ।त्यसैले पनि नेपालको इसाईकरण धार्मिक नभई सामाजिकवा आर्थिक समस्या हो ।
यो देशमा बाह्मण तथा क्षेत्रीहरुको ठुलो पकट छ र यो पकट धेरै पुरानो हो ।श्रम र शक्तिको भरमा तल्लो जातलाई कजाएर खाने पुरानो चलन हो । राज्य र धर्मको नाममा बह्मलुट मच्चाउने नयाँ प्रयोग त होइन । राजाको चाप्लुसी गरेर बाह्मणले धन लुट्ने र निम्नवर्गलाई शोषण गरेर राजाहरुले विलासी जीवन बिताउने त चलन त परापूर्व देखि नै थियो जसका मिथकमात्र प्रमाण पनि पाइन्छ ।
जुन बेला सम्म मानिसको स्वास भन्दा मृतमुर्तिको सम्मान हुन्छ, जुन दिन सम्म वर्तमान भन्दा विम्बको महत्व हुन्छ, ती दिन सम्म यस्ता घटना भइरहन्छन् ।हिन्दूवादीहरुमा मानवताको अर्थ न्यून पाईन्छ । शिला लेखनमा नाम लेखाउन र दान गेरेको प्रमाण पत्र घरको भित्ता झुण्डाउन लाई ठुलो रहर देखिन्छ । रोईला त त्यहाँ हुन्छ जब दानवीरहरु आफ्नो गुणगान कम भएको गुनासो गर्छन् ।विचरा !! पिछडिएका र निरिहलाई दिन, केहि छैन । छ त, केवल बाध्यता, विवशता र लाचारीपन ।
सार्वजनिक धारामा पानी पनि खान नदिनले ,मन्दिरमा प्रवेशको आशा गर्नु नै दिवा स्वाप्न भइहाल्यो ।नेपालमा यस्ता धेरै मन्दिर छन् ,जसमा हिन्दु बाहेक अरुलाई प्रवेश निषेध गरिएको पाइन्छ ।यज्ञशाला लगाउनहोस् वा मन्दिर बनाउन ,करोडौँ धन राशि जम्मा भएपनि दुःखी ,निरिह र निर्धन प्रति उनीहरुको मन कहिल्यै रसाएन ।सत्य र स्वंयम्को बिच जति खाडल भएपनि ,शास्त्रबाट मरेका शब्द झिकेर स्व अर्थ निकाल्न माहिर छौं हामीहरु।पुराणको कथन कथेर ,नर्कको कहानी सुनाएर डराउन र स्वर्गको बयान गरेर लोभ्याउन खप्पिस छौं हामीहरु ।
यो देशमा बाह्मण तथा क्षेत्रीहरुको ठुलो पकट छ र यो पकट धेरै पुरानो हो ।श्रम र शक्तिको भरमा तल्लो जातलाई कजाएर खाने पुरानो चलन हो । राज्य र धर्मको नाममा बह्मलुट मच्चाउने नयाँ प्रयोग त होइन । राजाको चाप्लुसी गरेर बाह्मणले धन लुट्ने र निम्नवर्गलाई शोषण गरेर राजाहरुले विलासी जीवन बिताउने त चलन त परापूर्व देखि नै थियो जसका मिथकमात्र प्रमाण पनि पाइन्छ ।
जतियताको पर्खाल कतिगहिरो छ भने ,महाभारतमा कर्ण योग्य हुँदापनि , केवल जातकै कारणले अपमानित हुनु परेको घटनाबाट पनि पुष्टि हुन्छ । पूवाद्र्धमा यो रोग नभएपनि पण्डित्याँइको युगमा यो महामारी तराईमा औलो फैलिए झैँ फैलिएको भान हुन्छ ।वैदिककालमा यस्ता घटनाको प्रमाण नपाएपनि बुद्ध कालिन समयमा यो रोग प्रगाढ भइसकेको हुनुपर्छ ।
बोध साहित्यमा क्षेत्रीहरुलाई पहिलो श्रेणीमा राखेर बाह्मणलाई द्वितीयमा झार्नुले पनि यो कुरालाई अझ पुष्टि दिन्छ ।।(जनकलाल शर्मा , हाम्रो समाज एक अध्धयन), हुन त यसका विभिन्न आयाम पनि हुन सक्छन् ।नेपालमा यो विभेदको खेति गरेर बाहिरी शक्तिबार–बार हाबी हुन्छ ।
संस्कृत भाषा आफै पनि माथि उठ्न सकेन । केवल पण्डित्याइँ गर्नमा सिमित भएको यो भाषा द्रव्य लुट्ने भाँडो बन्नपुग्यो ।अरुलाई सिकाए,बह्मलुट मच्चाउनन सक्ने स्वाभाविक थियो ।फलत; बाहुनको पासोबाट यो भाषा माथि आउन सकेन ।त्यसैबाट पनि तल्ला जाति धार्मिक कार्यबाट बञ्चित नै रहे ।पछि जयस्थिति मल्लले जातको आधारमा कार्य विभाजन गरे पछि ,झन् घना भयो यो जातिय मनोरोग ।यति पुरानो धर्म भएपनि, आफ्नै जातियताको जालोमा बेरिनु पनि, हिन्दु धर्म सिमित हुनको एउटा कारक तत्व हो ।संस्कृत धर्ममा चिप्ले किराले ज्यान लुकाएझैँ आफुलाई लुकाउदा ,यो धर्म त सिमित रह्यो, त्यो भन्दा बढि यो धर्म र यस भाषासित जोडिएका वैज्ञानिक आयाम पनि हामीले पहिल्याउन लामो समय लाग्यो ।
फाट्टफुट्ट अन्तरजातिय बिहे भएर ,परिवर्तनको झल्को दिनखोजे पनि गहिरिएको जातिय अभिमान त्यति सजिलै जाने कुरौ भएन ।
त्यो बेलाआगमन हुन्छ ,इसाई मिसनरीको । जुन बेला समाजबाट हेलित र अपमान महसुस गरेका छन् ,निम्नवर्गले । वेरङ्ग र वेस्वाद जिन्दगीमा पनि नयाँ आयाम आउन थाल्छ । हातमुख जोड्न गाह्रो भएकोलाइ पनि ब्रेकफास्ट र आङ्ग ढाक्न नसक्नेलाई पनि कोट पाईन्टको व्यवस्था मिल्छ त्यहाँ ।समाजले उनीहरुलाई जे नामले पुकारोस् उनीहरुलाई फरक पर्दैन ।अब यहाँ गल्ती कसको ?
निजी जिन्दगीका आवस्यकता पुर्ति गर्न, आफ्नो धार्मिक पहिचान बदल्न बाध्य पार्ने सरकार जसले उसलाई हर निवार्चनमा स्वार्थको पुर्तिको भरोसा देखाएर किन्ने गर्छ ।वा त्यसको जो उसलाई लोभ्याउन कुनै कसर छाड्दैन ?
के हिन्दु धर्म यति सङ्किर्ण हुन सक्छ, जुन धर्मले परमात्मालाई सर्वव्याप्त मान्यो, त्यसले आफु समान, अरुलाई त्यो इश्वरको घरमा पस्न दिन सक्दैन ? कहिले हामी एक हुन्छौँ ,जातियताबाट मुक्त भएर । कहिले हाम्रो समाजमा कामी दाईले मन्त्रोचारण गर्छन् र बाहुनदाईले ऐरानमा फलाम तताउँछन् ? कहिले क्षेत्रीनी दिदी कपडा सिउँछिन् र दमिनी दिदी शिक्षीका हुन्छिन् ?? कहिले मुसहर दाई मन्त्री हुन्छन् र राउटे दाई राजनितिक उम्मेदवार ?
मेरा यी नयनले त्यही दिनको खोज गरेको छ ।त्यही दिन नयाँ आशाको त्यान्द्रो पलाउनेछ, जहाँ आफ्ना स्वार्थका नाममा धर्ममा परिवर्तन गर्न पर्दैन ।