बलिउडका चर्चित निर्देशक/ कलाकार निसिकान्त कामतको निधन भएको छ । कलेजोमा भएको समस्याको कारण उनको ५० वर्षको उमेरमा निधन भएको हो ।
हैदरवादमा १० बजेर ३० मिनेटमा उनको निधन भएको र उनको शरिरलाई मुम्बई ल्याउँदै गरेको उनको सहयोगी अजय राईलाई उद्दित गर्दै इन्डियन एक्सप्रेसले जानकारी दिएको छ ।
Heartbreaking news that Nishikant Kamat passed away. He judged My 1st play ever in Jaihind College where he awarded me best actor and writer. He was gonna direct “Sanak” written by @shiekhspear and me, starring @juniorbachchan Sadly the film didn’t happen. Will miss him ?
— Milap (@zmilap) August 17, 2020
मराठी फिल्मबाट निर्देशनमा हात हालेका निशिकान्तले पहिलो चलचित्रबाट नै अवार्ड पाउन सफल भएका थिए । बलिउडमा उनले एउटा छुटै छाप बनाउन सफल भएका थिए । २००८ देखि उनी निरन्तर बलिउडमा आफ्नो कला प्रस्तुत गरिरहेका थिए ।