काठमाडौँ । शेरबहादुर देउवा पक्षले निर्वाचन आयोगको निर्णय नमान्ने चेतावनी दिएको छ । निर्वाचन आयोगले गगन थापा नेतृत्वको काँग्रेस कार्यसमितिलाई मान्यता दिएपछि आक्रोशित बनेको देउवा पक्षले निर्णय मान्य नहुने बताएको हो ।
नेता डा. प्रकाशशरण महतले आयोगको निर्णय कुनै पनि दृष्टिकोणबाट सही नभएको टिप्पणी गरेका छन् ।
पार्टीको आगामी रणनीतिबारे बसेर छलफल गर्ने महतले जनाएका छन् ।