काठमाडौँ । नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफूहरुविरुद्ध गलत निर्णय भए प्रतिकारमा उत्रिने चेतावनी दिएका छन्।
पार्टी विभाजनपछि सानेपामा पत्रकार सम्मेलन गर्दै षड्यन्त्र भए प्रतिकार गर्न उत्रिनुपर्ने भएकाले तयार रहन नेता कार्यकर्तालाई निर्देशन दिए।
निर्वाचन आयोगमा आधिकारिकता विवाद चलिरहेको छ। उनले चुनाव चिह्न र नाम गगन समूहलाई दिए आन्दोलनमा जाने चेतावनी दिए।
उनले भने, ‘कुनै षड्यन्त्र, हामीमाथि हुने गलत निर्णयकाविरुद्ध आवश्यक परेको विरोधमा जानको लागि तयार रहनुहोला।’