काठमाडौँ । नेपाली काँग्रेसको जारी विशेष महाधिवेशन नयाँ नेतृत्व चयनको प्रक्रियामा अघि बढेको छ । संस्थापन पक्षसँग भएको वार्ता सकारात्मक नभएपछि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको हो ।
काँग्रेसको विधानमा भएका पदका अनुसार नै उम्मेदवार मनोनयन र मतदान प्रक्रिया अघि बढ्ने निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले बताए ।
विशेष महाधिवेशनबाट पारित हुने विधान निर्वाचन आयोगबाट प्रमाणीकरणपछि मात्रै लागू हुने भएकाले पुरानै विधानमा उल्लेख भएका पदका आधारमा निर्वाचनको तयारी गरिएको उनले बताए ।
काँग्रेसको विधानमा सभापति १, उपसभापति २, महामन्त्री २, सहमहामन्त्री ८ सहित केन्द्रीय सदस्यहरूको लागि मतदान हुनेछ ।