सामाजिक सञ्जालमा निकै भाइरल बनेको ‘भर्साचे कोट’ प्रकरणमा नायिका तथा मोडल परमिता राज्यलक्ष्मी राणाले माफी मागेकी छिन् ।
उनी ‘भर्साचे कोट’ प्रकरणका कारण भाइरल भएको थिइन् । टिकटकको एक प्रयोगकर्ताले गरेको कमेन्टमा उनले गरेको रिप्लाई सामाजिक संजालमा निकै नै भाइरल भएको थियो ।
हेरौं सामाजिक संजाल इन्टाग्राममा उनले लेखेको कुरा जस्ताको त्यस्तै ।
“मलाई थाहा छैन म अब को हुँँ। म दिनदिनै राम्रो मान्छे बन्ने कोशीश गर्दैछु तर मेरो रिस, आवेग र बचकाना व्यवहारले मलाई जित्यो। मैल गत डिसेम्बेर २०१९ मा के गरेँ भन्ने कुरा थाहा छ र म पूर्णरूपमा गलत र स्वार्थी भएँ र मैले सामाजिक सञ्जालमा पोस्ट गरेको क्षमा याचना पनि सही थिएन। मलाई त्यो थाहा छ। मैले जे गरेँ त्यो गलत गरेँ र म यसको उत्तरदयी हुँँ।
तर म पनि मान्छे हुँँ र बारम्बार मलाई नकारात्मक कमेन्ट गरेर त्यो दुर्घटनाको बारे सम्झाउँदा मलाई त्यसले असार गर्छ, त्यसैले मैले आफ्नो नियन्त्रण गुमाए र मैले त्यो कमेन्ट लेख्न पुगेँ। र मलाई यो पनि थाहा छ कि त्यो मेरो असंवेदनशीलता थियो र मैले त्यो चिताएकी पनि थिईन र मैले त्यसरी आफ्नो नियन्त्रण गुमाउनु हुँदैन थियो भन्ने महसुस हुने बित्तिकै त्यो कमेन्ट मैले डिलिट गर्दिहालेँ। त्यसको स्क्रीनशट लिईसकेको रहेछ भनेर मलाई थाहा थिएन। म टिकटककी प्रयोगकर्ता प्रियंका डंगोललाई माफी माग्न चाहन्छु। म अत्यन्तै क्षमाप्रार्थी छुँ।
मेरो तपाईंँलाई अपनमान गर्ने मनसाय थिएन। मलाई माफ गर्नुहोला मैले मेरो नराम्रो पक्ष प्रस्तुत गरेँ र तपाईँलाई गरेको जस्तो व्यवहार कसैले पनि कसैलाई गर्नुहुँदैन। म बुझ्छु, म प्रतीको रिस र आक्रोश। मलाई थाहा छ कि म मानिसहरुमा राम्रो प्रभाव पार्न सकेको छैन। र म फेरी पनि माफि माग्न चाहन्छु। यो म होईन। म प्रतीको सर्वसाधारणको आक्रोश जायज छ र मलाई क्षमा गर्नुहुन्छ होला भन्ने आशा गर्दछु। मलाई वर्षाईएका नकारत्मकतालाई सामना गर्ने साहस र हिम्मत बटुल्दै छु र यो सबै मेरै कारणले निम्तेको हो। र म यो सबको भागीदार हुँँ, मेरो मुर्खता र बचकाना व्यवहारले गर्दा। हामी सबैको अलग-अलग पक्ष हुन्छ राम्रो, नराम्रो र अत्तिनै नराम्रो।
सर्वसाधनले मेरो असभ्य व्यवहार दुईचोटी देख्नपरेकोमा म लज्जित छुँ। म निकै लज्जित छु र मेरै व्यवहारले मलाई नै असजिलो बनाएको छ। म मेरा भावनाहरु नियन्त्रणमा राख्न सक्दो प्रयास गर्नेछु चाहे जती नै गाह्रो भए पनि तर म यो गलती अब कहिले पनि दोहोर्याउने छैन। म साँच्चिकै दुखी छु। मलाई साँच्चिकै माफी माग्न र दुखी हुन बाहेक मैले अरु केहीपनि भन्न सकेको छैन। मैले म आँफैलाई र मेरा आफ्नाहरुलाई निराश बनाएकी छु। म आँफै प्रती निकै नै लज्जित छु।”
https://www.instagram.com/tv/CDTwHTOglmf/?utm_source=ig_embed