कोलम्बो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को कार्यकारी बोर्डले शुक्रबार श्रीलंकाका लागि दुई करोड ६ लाख अमेरिकी डलरको आपत्कालीन वित्तीय सहायता स्वीकृत गरेको छ । आईएमएफका अनुसार यो सहयोग ‘रैपिड फाइनान्सिङ इन्स्ट्रुमेन्ट’ अन्तर्गत प्रदान गरिएको हो र यो श्रीलंकाको कोटा रकमको करिब २६ प्रतिशत बराबर छ ।
आईएमएफका उप-प्रबन्धक र कार्यवाहक अध्यक्ष केन्जी ओकामुराले बताए,“यसले श्रीलंकामा तत्कालै मानवीय र पुनर्निर्माण आवश्यकताहरू व्यवस्थापन गर्न मद्दत गर्नेछ, जसले राजकोषीय दबाब र भुक्तानी सन्तुलन सम्बन्धी चुनौतीहरू कम गर्ने अपेक्षा गरिएको छ ।”
ओकामुराले आपत्कालको समयमा छिटो प्रतिक्रिया देखाएको श्रीलंकाली सरकारको प्रशंसा गर्दै भने,“आईएमएफ यस कठिन परिस्थितिमा श्रीलंकाली जनतासँग खडा छ र भविष्यमा पनि देशको पुनर्निर्माण र आर्थिक सुधार प्रयासमा समर्थन जारी राख्नेछ