सुशान्तको निधनले बलिउडलाई नै दुई धुब्रमा बिभाजन गरेको छ ।
एउटा नाताबाद र अर्को संघर्ष गरेर आएकाहरु ।
बलिउडमा नाताबाद हाबी भएर बाहिरबाट आएकाले मौका पाएन्न भनेर बहस शुरु भएको धेरै भयो तर निचोडमा पुग्न भने सकेको छैन ।
कंगना रनावत बाहिरबाट आएकाहरुलाई पनि सम्मानका साथ मौका दिनुपर्छ नातावाद भन्दा पनि ट्यालेन्ट हेर्नुपर्नेमा बहस गर्दै आएकी छिन् ।
सबैलाई काबुमा राखेको भन्दै कंगनाले बलिउडमा समर्थन पाउने गरेकी छिन् ।
उनले नेपोटियमलाई खेदो खन्छिन् भने मिडियाले पनि उनको गाली खाइरहन्छन् ।
बाहिरबाट आएकालाई करणले न त आफ्नो फिल्ममा स्थान दिन्छन् न त मनमा नै । उनले साथीसम्म नि भन्न रुचाउँदैन्न ।
बाहिरबाट आएको भनेर अहिलेकी चर्चित नायिका अनुष्का शर्माको जीबन बर्वाद पार्न उनले धेरै प्रयत्न गरेका छन् ।
साहरुखसँग “रब ने बना दे जोडी” बाट बलिउडमा डेब्यु सुरु गरेकी थिइन् ।
तर करणले अनुष्का राम्री छैन भनेर पटक पटक हटाउन आग्रह गरेका थिए ।
त्यसपछि लामो समयसम्म उनले फिल्म पाईन्न । बलिउडले उनलाई बाईकट नै गर्यो र
जस्ले गर्दा उनी डि-प्रेशनमा पुगिन् ।
अहिले पनि उनी करणलाई मन पराउँदिन्न र आफ्नो क्यारियर डिस्ट्रोय गर्न लागिपरेको बताउँने गरेकी छिन् ।
बिराट कोहलीसँग बिहे गरेपछि उनको भाग्य चम्किएको छ । उनीहरुले राम्रो जीवन बिताइरहेका छन् ।