हिमालय एयरलाइन्सले विभिन्न देशमा अलपत्र परेका नेपाली नागरिकहरुको उद्धारको लागि नयाँ तालिका सार्वजनिक गरेको छ ।
जुलाई २ देखि जुलाई १० तारिक सम्मको नयाँ तालिका र हवाइभाडा एयरलाइन्सले सार्वजनिक गरेको हो ।
सार्वजनिक गरेको भाडादरअनुसार माल्दिभ्सको लागि ४८० डलर, आबुधावी (युएई) को लागि ३८५ डलर, साउदी अरेविया (दमाम) को ४६५ डलर, कुवेतको ४१० डलर कतारको ३९२ डलर र मलेसयाको ३७२ डलर तोकिएको छ ।
चीनको टियानचिनबाट जुलाई ८ मा उडान हुने भनिएतापनि उक्त उडानको हवाइ भाडादर भने सार्वजनिक गरिएको छैन ।
यात्रुहरु बुकिङ्ग गर्नको लागि पीसीआर वा आरडीटी परिक्षणको नतीजा नेगेटिभ आएको रिपोर्ट पेश गर्नुपर्नेछ भने नेपाल आइसकेपछि सरकारको नियमानुसार अनिवार्य क्वारेन्टिनमा रहनुपर्नेछ ।
यस्तो छ उडानको तालिका