आत्मह-त्याको प्रयास गरेका गायक दीपक परियारको उपचारका क्रममा मृत्यु भएको छ ।
गुल्मीको दबार गाउँपालिका स्थायी घर भई रुपन्देहीको तिलोत्तमा–१० कान्छीबजार बस्दै आएका उनी कोठाको सिलिङ फ्यानमा झु-ण्डिएको अवस्थामा भेटिएपछि उपचारका लागि युनिभर्सल मेडिकल कलेजमा लगिएको थियो ।
तर उपचारका क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय मंगलापुरका प्रमुख लक्ष्मण थापाले जानकारी दिए ।
कान्छीबजारमा श्रीमतीका साथ दिदीको घरमा बस्दै आएका दीपक राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान रुपन्देहीका सदस्य हुन् ।
उनले बिहीबार मात्रै नयाँ गीत रेकर्ड गराएका थिए ।
दीपकको श-व पो-ष्टमार्ट-मका लागि भैरहवाको भीम अस्पतालमा लगिएको र घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
केहि दिन अघिमात्र उनले सुशान्तलाई श्रद्धाञ्जली दिदै आरआईपी सुशान्त भनेर लेखेका थिए ।
उनको निधन पछि केटिएम दैनिकले उनको फेसबुक अकाउन्ट नियालेको छ ।
जस्मा उनी एकदमै निराश, कोरोनाबाट त्रसित र डिप्रे-शनमा परेको जस्तै देखिन्छ ।