सुशान्त सिंह राजपुतको निधन पछाडी बलिउडमा नेपोटिजमको चर्को बहस हुन थालेको छ । हुन पनि स्टार किड्सहरु बलिउडमा निकै नै सक्रिय छन् । बुबाआमाको सफलतालाई खुड्किलो मानेर उनीहरुलाई बलिउडमा राज गर्न सजिलो हुने गरेको छ ।
तर के तपाईलाई थाहा छ, यी चर्चित कलाकारका छोराछोरी बलिउड भन्दा बाहिरको दुनिँयामा रमाईरहेका छन् । अमिताबकी छोरी श्र्वेता देखि लिएर अनिल कपुरकी छोरी रिया सम्म बलिउडबाट टाढा छन् ।
हेरौं उनीहरुको बारेमा केहि जानकारीहरु
शाहिन भट्ट :
डाइरेक्टर महेश भट्ट की छोरी तथा आलिया भट्टकी दिदी शाहिन भट्ट पर्दा भन्दा पछाडीको काम गर्न रुचाउँछिन् । उनले फिल्ममा अभिनय गर्नुको साटो व्याक स्टेजमा बसेर काम गर्न रुचाउँछिन् । उनले सन अफ सरदार फील्ममा को-राईटरको काम गरेको थिइन् । उनले फिल्म मेकिङ विषय लिएर अध्ययन गरिरहेकी छिन् ।
रिद्धिमा कपुर साहनी :
ऋषि कपुर र नितु कपुरकी छोरी हुन् रिद्धिमा कपुर । उनी चर्चित फेसन डिजाइनर हुन् । उनले बनाएका ज्वेलरीहरुले राम्रै मार्केट लिने गरेका छन् । करिश्मा कपुर, करिना कपुर र रणविर कपुर जस्तै बाहिर नआएपनि उनीहरु भन्दा कम भने छैन्न ।
मसाबा गुप्ता :
नीना गुप्तकी छोरी मसाबा गुप्ता पनि फिल्म दुनिँया भन्दा बाहिर नै छिन् । उनी आफ्नो उट्पट्याङ् बयानका कारणले चर्चामा आइरहन्छिन् । उनी एक चर्चित फेसन डिजाइनर हुन् ।
अंशुला कपुर :
बोनी कपुरकी जेठी छोरी अंशुला कपुर पनि फिल्म दुनिँया भन्दा बाहिर नै छिन् । उनलाई हामीले क्यामरामा नदेखेपनि उनी गुगलसँग आबद्ध छिन् ।
श्र्वेता नंदा :
अमिताब बच्चनकी छोरी श्र्वेता पनि फिल्मी दुनियाँबाट टाढा रहेकी छिन् । उनले लोरियलको लागि मोड्लिङ् गरे पनि त्यहाँ टिक्न सकिन्न र टिभी सो गर्न थालिन् । अहिले उनी आफ्नै क्लोथिङ् व्यान्ड चलाउँछिन् ।