बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्मह-त्या पछि बलिउडमा हुने गरेको नातावाद र सिण्डिकेटको बिषयलाई लिएर चर्को बहस शुरु भएको छ।
मुम्बईमा ठूलो सिन्डिकेट चलिरहेको छ। त्यहाँ नातावाद हावी छ। सुशान्तलाई बहिष्कार गर्ने वा फिल्मबाट निकाल्ने निर्माताहरूवि-रुद्ध आत्मह-त्याका लागि उक्साएको लगायतका आ-रोप लगाउन थालिएको छ।
सुशान्तले आत्मह-त्या गर्नु यसैको उपजको रुपमा धेरैले ब्याख्या गर्न थालेका छन्।
नेपाली चलचित्र क्षेत्रमा पनि परिवारवाद, नातावाद र कृपावाद जस्ता कुराहरुले जरा गाड्दै गइरहेकोछ। मेहेनत गरेर अगाडि बढ्न खोज्ने र अभिनयमा अब्बल कलाकारलाई काम पाउनै मुस्किल छ भन्ने कुराहरु आइरहेका छन्।
पछिल्लो समय केही कलाकर्मीहरुले नेपाली चलचित्र क्षेत्रमा भइरहेको वि भेद, गुठबन्दी , परिवारवाद तथा नाताबाद (नेपोटिजमको) बिषयमा खुलेर आवाज उठाउन थालेका छन्।
अभिनेत्री बर्षा सिबाकोटीले त आफू समेत यसबाट पी डित भएको खुलासा गरेकी छन्।
पक्कै पनि नातावाद, कृपावाद, बहिस्कारण, सिण्डिकेट, अपमा न, भेदभाव जस्ता कुराले मानिसको मनमा पक्कै चोट पुर्याउँछ।
बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले आफ्नो ट्वीटर एकाउन्ट बन्द गरेकी छिन् ।
नकारात्मक कुराबाट आफूलाई टाढा राख्न यस्तो गरेको उनले इन्स्टाग्राममार्फत् बताएकी छिन् ।
यसका साथै उनले आफ्नो इन्स्टाग्राम एकाउन्टको कमेन्ट पनि बन्द गरेकी छिन् ।
केही दिन अघि निर्माता शशांक खेतानले पनि आफ्नो ट्वीटर एकाउन्ट बन्द गरेका थिए ।
अभिनेता सुशान्त सिंह राजपूतको केहि दिन अघि निधन भएको थियो । उनले आत्मह-त्या गरेका थिए ।
उनको निधनपछि बलिउडमा नेपोटिजमको कुरा उठेसँगै विभिन्न कलाकारविरुद्ध सामाजिक सञ्जालमा चर्को वि-रोध हुँदै आएको छ ।
यो सँगै करण जोहरले पनि आफ्नो ट्वीटरबाट सबैलाई अनफलो गरेका छन् ।
सुशान्तको आत्मह-त्याले बलिउडमा भुई-चालो नै ल्याइदिएको छ ।
आलिया भट्टको फलोबर्स घट्ने क्रम जारी छ भने कंगना रनावतको फलोबर्स बढिरहेको छ ।