काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भरतकुमार रेग्मीलाई ग्रीसको गैरआवासीय राजदूतमा नियुक्त गरेका छन् ।
अष्ट्रियाका लागि नेपाल आवासीय राजदूत रहेका रेग्मीलाई सोमबार ग्रीसको समेत गैरआवासीय राजदूतमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
नेपालको संविधानको धारा २८२ को उपधारा (१) अनुसार राष्ट्रपतिले विभिन्न देशका राजदूत नियुक्त गर्नुपर्ने हुन्छ ।
रेग्मीलाई २०७९ असार २७ मा अष्ट्रियाको राजदूतमा नियुक्त गरिएको थियो ।