काठमाडौँ। चैत्र १५ गतेदेखि सुरु हुने श्री सेतो मछिन्द्रनाथको रथ यात्राको लागि अहिले जमल तीनधारामा रथ निर्माण कार्य भइरहेको छ।
३२ फिट अग्लो काठको उक्त रथ हरेक वर्ष जात्रा सुरु हुनुअघि तीनधारामा तयार पारिन्छ । आर्य अवलोकितेश्वरको नामले समेत चिनिने सेतो मछिन्द्रनाथको जात्रा काठमाडौँमा चैत्र शुक्ल अष्टमीमा सुरु भई तीन दिनसम्म चल्दछ ।
करुणामय र आर्याअवलोकितेश्वरको नामबाट पनि चिनिने सेतो मच्छिन्द्रनाथलाई जनबहालबाट नगरपरिक्रमा गराई जमलमा बनाइएको रथमा प्रतिस्थापन गराइएपछि नगर परिक्रमा गर्ने प्रचलन छ ।
अन्तिम दिन लगनटोलस्थित मच्छिन्द्रनाथकी आमालाई तीन पटक परिक्रमा गराएपछि रथयात्रा सम्पन्न हुन्छ ।
तस्बिरहरू:-