पोखरामा आइतबार बिहान दुर्घटनामा परेको यती एअरलाइन्स विमानमा रहेका यात्रुको शव काठमाडौं आइपुगेको छ ।
दुर्घटनामा परेर मृत्यु भएकाहरु मध्ये विदेशी नागरिक, चालकदलका सदस्य, पोखरा बाहेकका क्षेत्रमा घर भएकाहरु तथा पोखरमा सनाखत हुन नसकेकाहरुको शव काठमाडौ ल्याइएको हो ।
विमान दुर्घटनामा निधन भएकामध्ये ४८ जनाको शव काठमाडौँ ल्याइएको छ । दुर्घटनामा प्राप्त ७० शवमध्ये २२ वटाको सनाखत भई आफन्तलाई पोखरामा बुझाउने व्यवस्था मिलाइएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
आज सेनाको एमआइ १७ हेलिकप्टर र स्काइट्रकले शवहरु ल्याएको हो ।
निर्धारित तालिका अनुसार महाराजगन्ज स्थित नेपाल प्रहरीको प्रशिक्षण प्रतिष्ठान मा हेलिकप्टर अवतरण गर्ने रहेको भएतापनी अत्याधिक धुलो उडेको कारण हेलिकप्टर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमै अवतरण गरेको छ ।
विमानस्थल भित्र सञ्चारकर्मीहरूलाई प्रवेश गर्न दिइएन । अहिले शव हरु त्रिभुवन बिश्वबिद्यालय, शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ ।