
काठमाडौँ । प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले नवनियुक्त महान्यायाधिवक्ता सविता भण्डारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।
सर्वोच्च अदालतमा प्रधान न्यायाधीश राउतले नवनियुक्त महान्यायाधिवक्ता भण्डारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
वरिष्ठ अधिवक्ता भण्डारीलाई आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको कानुनी सल्लाहकार तथा महान्यायाधिवक्तामा नियुक्त गरेका थिए ।
नेपालको इतिहासमा उनी पहिलो महिला महान्यायाधिवक्ता बनेकी थिइन् ।
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले उनलाई महान्यायाधिवक्ता नियुक्त गरेकी हुन्।