दीर्घराज उपाध्याय ।सेती प्रादेशिक अस्पतालमा कार्यरत सिनियर नर्स भगवती बडालले शनिवार दिउसो आफ्नो फेसबुक वालमा स्टाटस पोष्ट गरिन – मर्ने कसैको रहर हुदैन, तर नमरेको कुनै शहर हुदैन, भागेर जाउ कुन ठाउँ जाउ, मान्छे नमर्ने शहर हुदैन ।अस्पतालको आईसोलेसनमा राखिएका व्यक्तिमा कोरोनाको संक्रमण रहेको पुष्टि भएपछि बडालले पोष्ट गरेको यो स्टाटसले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुको मनोदशा र मानसिक अवस्था प्रष्ट्यायो ।उनको यो मार्मिक स्टाटसले धेरैलाई भावुक पनि बनायो ।
एकदिनअघि सम्म ती व्यक्तिको रेखदेख र उपचारमा संलग्न चिकित्सकहरु आतंकित भए । सुरक्षाका कुनै उपाय नभएका र सहजै उपचार गरिरहेका ती सबै स्वास्थ्यकर्मीहरु जो जो उनको सम्पर्कमा थिए, उनीहरु निकै आतंकित भए ।सुरक्षा कवच मानिने पर्सनल प्रोटेक्टिभ ईक्युमेण्ट (पीपीई), मास्क, सेनिटाईजर उपलब्ध नभएपनि बिरामीको उपचारमा संलग्न भएका स्वास्थ्यकर्मीहरु आतंकित हुनु स्वाभाविक थियो ।भित्र स्वास्थ्यकर्मीहरु अव ती व्यक्तिको उपचार कसरी सुरक्षित तवरले गर्ने ? भनेर छलफल गर्दै थिए, यता बाहिर संक्रमितले तातो पानी खान पाएन भनेर समाचार भाईरल भईसकेको थियो ।
भित्रभित्रै स्वास्थ्यकर्मीहरुको मन र आत्मवल पुरै चिसो भईसकेको भने कसैले बुझेनन ।कोही बाहिर संक्रमितले तातोपानी खान नपाएको ईस्युमा स्टन्ट गरिररहेका थिए । तर चिकित्सक र स्वास्थ्यकर्मीहरुका पीडा र अवस्था भने कसैले बुझिरहेका थिएनन । र छैनन ।संक्रमितको उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीहरुले आफ्ना परिवारलाई भेट्न नपाएको कति दिन भयो ? तिनका परिवारजन कस्तो संन्त्रासमा होलान ? यस तर्फ कसैले ध्यान दिएन ।अस्पताल भित्र चिकित्सक र स्वास्थ्यकर्मीहरुको चिन्ता थियो, संक्रमित व्यक्तिलाई कसरी बचाउने ?
कसरी सुरक्षित तरिकाले उनको उपचार गर्ने ?यता बाहिर भने तीनै स्वास्थ्यकर्मीहरुलाई क्रुर व्यक्तिका रुपमा चित्रण गर्ने हल्लाका पछाडि मान्छेहरु कुदिसकेका थिए ।प्रेस काउन्सिल नेपालको आचार संहिताले भन्छ, संक्रमित नाम बाहिर नल्याउ । उसको पहिचान नखुलाउ । यतिसम्म कि मृत्युपछि पनि उसको नाम नखोल ।आचार संहिता अनुसार संक्रमितलाई फोन गर्न सम्म पनि पाईन्न ।यहाँ त मनोबल उच्च भएका संक्रमितलाई पटक पटक फोन गरेर आतंकित पार्ने काम भएको छ । बिहानसम्म उच्च मनोबल भएका संक्रमित साँझ हताश देखिन्थे ।
ए अस्पतालमा स्वास्थ्यकर्मीहरुले सेवा दिएन भनेर अर्ति दिनेहरु, सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा रहेका व्यक्तिमा कोरोनाको संक्रमण भएको खवर सार्वजनिक भए लगत्तै हतारमा घरभित्र पसेर कोठा थुन्ने तिमीहरु नै होईन । अस्पतालमा रहेका व्यक्ति संक्रमण भएको खवर सुनेर त तिम्रो अवस्था त्यस्तो भयो । संक्रमितको प्रत्यक्ष रेखदेख र उपचार गरिरहेका स्वास्थ्यकर्मीहरुको मानसिक अवस्था कस्तो भयोहोला ? र ति स्वास्थ्यकर्मीका परिवारजनले कस्तो तनाव झेले होलान ? के यसको अनुमान गरेका छौ ?बन्द कोठाभित्र बसेर सामाजिक सञ्जाल मार्फत अर्ति दिन जति सजिलो छ ।
त्यो भन्दा कयौँ गुना ’कठिन अवस्थामा स्वास्थ्यकर्मीहरु छन् । सु’रक्षाकर्मीहरु छन् । त्यसको तिमीले अनुमान पनि गर्न सक्दैनौ ।अमेरिका लगायतका देशहरुमा त सं’क्रमितलाई बाहिरबाट कुनै व्यक्तिले फोन गर्न पाउदैन । हामी कहाँ त जसले जे गरेपनि छुट छ ।लाश घरको छेउमा संक्रमितलाई राखिएको भनेर प्रचार गरियो । तर त्यो लाशघरबाट जति नजिक संक्रमितहरुको लागि स्थापना गरिएको आईसोलेसन कक्ष छ । त्यो भन्दा नजिक त स्वास्थ्यकर्मीहरुको क्वार्टर छ ।हरेक बिहान लाश हेर्नु पर्दा ती स्वास्थ्यकर्मीका बालबालिकालाई कस्तो असर परिरहेको होला ?
यो कहिल्यै समाचार बनेनन । हल्ला गरियो, संक्रमितलाई लाश घर नजिक राखियो ।संक्रमितहरुको उपचार गर्नुपर्ने डरले बेलायत, ईटली, स्पेनमा हजारौ चिकित्सक र नर्सले जागीर छोडेको समाचार उनीहरुलाई थाह नभएको होईन, जसले यसलाई भाईरल बनाए ।फ्रान्समा प्रधानमन्त्रीले सूचना लुकाएको आरोप लगाउदै हजारौ चिकित्सकहरुले प्रधानमन्त्रीकै बिरुद्ध उजुरी दिएको पनि थाह पाएनन, उनीहरुले ।कुनै हल्लाको पछाडि नलागौ । यो स्टन्ट देखाउने बेला र त्यसैलाई विश्वास गर्ने बेला होईन । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र एम्बुलेन्स चालकको अवस्था बुझौ ।
बन्दुक पनि नदिने । गोली पनि नदिने । अनि लडाईको मैदानमा पठाउने । अहिले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र एम्बुलेन्स चालकहरुलाई सरकारले यस्तै व्यबहार गरेको छ । त्यसका बाबजुद पनि उनीहरुले कर्म गर्न छोडेका छैन ।अप्ठ्यारोमा स्वर्गका राजा ईन्द्र त सिंहासन छाडेर भागेका कथा पढेका हाम्रा लागि यस्तो कठिन परिस्थितिमा पनि बिचलित नभएर सेवा गर्न नछाडेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुको मनोबल बढाउन नसकेपनि उनीहरुको मनोबल गिराउने कार्य कसैले गर्न हुदैन । हाम्रा लागि डाक्टर नै भगवान हुन् ।
यद्दिप डाक्टरको मनोदशा कस्तो छ । सेती प्रादेशिक अस्पतालमा कार्यरत बरिष्ठ फिजिसियन डा. शेर बहादुर कमरले फेसबुक वालमा लेखेको लामो स्टाटस भित्रको एउटा पंक्ति नै बुझ्न काफि छ । डा. कमर लेख्छन्, दवाई त छैन, अव दुवाको भरोसा ।जव डाक्टर निरुपाय हुन्छ । तव उत्पन्न हुन्छन्, उसभित्र यस्ता भावहरु । आफू मृत्युको मुखमा रहेर पनि संक्रमितको सेवामा संलग्न सम्पूर्ण स्वास्थ्यकर्मीहरु प्रति सलाम छ । यो महान कर्म सबैले गर्न सक्दैनन । मलाई यो भन्न रत्तिभर संकोच हुदैन कि, यतिबेला हाम्रा लागि भगवान भनेकै स्वास्थ्यकर्मीहरु हुन् ।
हाम्रा लागि डाक्टर त भगवान ? डाक्टरका लागि भगवान कहाँ छन् ? सु’रक्षाकवच विना नै जव सु’रक्षाकर्मीहरु सं’क्रमित र उसका परिवारका सदस्यलाई उ’द्दार गर्न गएको देख्छु । तव मनमा भ’य उ’त्पन्न हुन्छ । कुन म’नोवल लिएर उनीहरु त्यहाँ गएका होलान ?जव सीमामा ख’टिएका सशस्त्र प्रहरी र प्रहरीलाई नजिकबाट बाहिरबाट आउने व्यक्तिहरुलाई सोधपुछ गरिरहेको देख्छु, यो सं’क्रमणले उनीहरुलाई न’छोओस, कामना गर्छु ।उनीहरु कसका लागि काम गरिरहेका छन् ? आफ्ना लागि वा हाम्रो सु’रक्षाका लागि ?
सारा जनता लकडाउनमा सपरीवार घरभित्र बसिरहेका बेला के उनीहरुलाई घर परिवारसंग बस्ने चाहना नहोला । जति तारिफ गरे पनि कम हुन्छ, उनीहरुको कामको । उनीहरु छन्, र त हामीमा बाँच्ने चाहना जिवित छ । बिपद बाजा बजाएर आउदैन । यो सबैलाई थाह छ । तर कोरोनाको बिपद् बाजा बजाएर आएको हो।त्यसैले त डा. कमर लेख्छन्, बिपद पञ्चे बाजा बजाएर नै आउदै थियो । हामी बहिरा भयौ ।हो पनि, तीन महिना अघि चीनको बुहानबाट फैलिएको कोरोनाको संक्रमणबाट विश्व आक्रान्त हुदा हाम्रो सरकार बहिरो भयो ।
अन्धो भयो । यो तीन महिनामा अत्याधुनिक ल्या’व , पी’पीई , मास्क , सेनिटाईजर, प्रत्येक जिल्लामा अत्यावश्यकीय सुविधाको व्यवस्था गर्न सकिन्थ्यो । तर सरकारले न सुन्यो । न देख्यो । हामी कहाँ आउदैन भनेर उ ढु’क्कसंग बस्यो । सरकारको यो हद सम्मको ला’परबाही र पूर्व तयारीको अ’भावमा यो भ’यावह अवस्थामा आईपुगेको हो । तर यो स्थिति आउनुमा नागरिकको ला’परबाही र वे’वास्ता पनि उत्तिकै जि’म्मेवार छ ।यद्दपि सरकारले पछिल्ला पटक केही को’सिसहरु गरिरहेको छ । ल’कडाउन हाम्रो सु’रक्षाका लागि ।
र चिकित्सकहरुको मनोबल उच्च गराउन सरकारले उनीहरुलाई पीपीई लगायतका अत्यावश्यकीय वस्तु दिएर मात्र पुग्दैन । उनीहरुलाई प्रोत्साहित पनि गर्नुपर्छ ।त्यत्तिकै प्रोत्साहन सुरक्षाकर्मी, एम्बुलेन्स चालक र कोरोना संक्रमितहरुको राहत र उद्दारमा खटिएका सबै पक्षलाई गर्न जरुरी छ ।यो दायित्व फेरि सरकारको मात्र होईन । आम नागरिकको पनि हो ।डाक्टर भागेका छैनन, अहिलेसम्म । डाक्टर नभागेसम्म संक्रमितले ढिलो चाँडो तातो पानी खान पाउछन् । औषधी पाउछन् । उपचार पनि हुन्छ ।एक पटक कल्पना गरौ त, डाक्टर भागे के होला ?
एक जना संक्रमित भेटिदाको अवस्था त यस्तो छ ।सेती प्रादेशिक अस्पतालमा कार्यरत प्रसुती तथा स्त्रि रोग विशेषज्ञ डा. प्रतिक्षा सिंह राठौरले फेसबुकमा लेखेको स्टाटसले पनि स्वास्थ्यकर्मीहरु कस्तो अवस्थामा छन् । र कसरी काम गरिरहेका छन् ।उनीहरुको मनोदशा यो स्टाटासले झल्काउछ, डाक्टरलाई पीपीई चाहिदैन भन्न सक्ने सचिव र मलाई पीपीई भनेको राम्ररी थाह छैन भन्ने स्वास्थ्यमन्त्री भएपछि कोरोना विरुद्धको युद्दमा श्री पशुपतिनाथको आशिर्वाद बाहेक कुनै अस्त्र काम गर्ने देखिन्न । विदेशमा मल्टीपल लेयर प्रोटेक्सन लगाउदा त स्वास्थ्यकर्मी संक्रमित भईरहेका छन् ।
हाम्रो जुगाडले मात्र गाह्रो छ । तरपनि आफ्नो पेशागत नैतिकता पुरा गर्नै पर्यो भनेर खट्नु पर्ने हामीलाई पशुपतिनाथको आशिर्वाद रहिरहोस ।सेती अञ्चल अस्पतालका पूर्व अध्यक्ष तथा मेडिकल सुपरीटेण्डट डा. गणेश बहादुर सिंहले केही समयअघि एक फरक प्रसंगमा लेखेका थिए, जिन्दगीको भरोसा छैन, कुन बेला के हुन्छ । यसलाई स्वीकार गर ।विश्वास र आत्मबलभन्दा बलियो अरु कुनै चिज छैन ।सबैले कामना गरौ, हामीले विश्वास गरेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुको विश्वास र आत्मबल नटुटोस ।तव मात्र हामी सुरक्षित रहनेछौ । तब मात्र कसैले नचाहेर मर्नुपर्ने छैन ।पश्चिम टुडेबाट