पछिल्लो २४ घण्टामा थप ४ सय ८७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने एक जनाको निधन भएको छ ।
१ हजार ८ सय ६ जनाको पीसीआर परीक्षण गर्दा २ सय ४२ जना र २ हजार ३ सय ७१ जनाको एन्टिजेन परीक्षण गर्दा २ सय ४५ जना गरि ४ सय ८७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार कोरोना भाइरसको सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार २ सय ९२ पुगेको छ । पछिल्लो २४ घण्टामा १ सय ६४ जना सङ्क्रमणमुक्त भएका छन् ।
यस्तै ४ हजार १ सय २३ जना होम आइसोलेसनमा, १७५ जना संस्थागत आइसोलेसनमा, ५० जना आईसीयूमा र २ जना भ्यान्टिलेटरमा रहेका मन्त्रालयले जनाएको छ ।