नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघले नयाँ बानेश्वर क्षेत्रमा रहेको फोहोर उठाएको छ ।
काठमाडौं महानगरमा चुलिएको फोहोरमैलाको विकराल समस्याविरुद्ध दबाद दिन सरसफाई कार्यक्रम मार्फत आज युवा संघले नयाँ बानेश्वर क्षेत्रमा रहेको फोहोर उठाएको हो ।
युवा संघको कार्यालय बिजुली बजार क्षेत्रमा रहेको फोहोर उठाउँदै कार्यक्रमको सुरुवात गरिएको थियो । बानेश्वर क्षेत्र वरपर, रत्न राज्य स्कुल हुदै पुरानो बानेश्वरमा रहेको फोहोर उठाएर पेप्सिकोला मा रहेको फोहोर प्रसोशन स्थलमा फोहोर लगिने युवा संघमा अध्यक्ष किरण पौडेलले जानकारी दिए ।
युवा संघका कार्यकर्ताले सडकबाट फोहोर उठाएर गाडीमा राखेका हुन् । फोहोर उठाउनको लागि प्रयोग गरेको गाडिसमेत उनीहरूले आफैले व्यवस्था गरेको अध्यक्ष पौडेलले केटिएम दैनिकलाई बताए।
यसरी उठाएको फोहोर मनोहरा मल्टिप्रपोज कम्पनी प्रालीको फोहोर बोक्ने गाडीमा हालेर प्रसोधन स्थल सम्म लगिनेछ ।
तस्बिरहरू