नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै नेपाल विद्यार्थी संघले बालुवाटारमा प्रदर्शन गरेको छ ।
आइतबार बिहान प्रदर्शनमा उत्रिएका मध्ये २१ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई प्रहरी वृत मालिगाउँमा राखिएको छ ।
एमालेले असार २६ गते जारी गरेको ‘अन्तरपार्टी निर्देशन’ मा ‘अर्थ तथा योजना विभाग’ को सदस्यका रूपमा एम अधिकारीको नाम समावेश छ । एम अधिकारीको ठेगाना खोटाङ उल्लेख गरिएको छ ।
यसअगाडि २०७३ सालमा सोही विभागमा महाप्रसाद अधिकारी थिए अहिले एमालेको अर्थ तथा योजना विभागको सदस्य रहेका एम अधिकारी राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नै रहेको भन्दै सामाजिक सञ्जालदेखि सदनसम्म तीव्र आलोचना भएपनि एमालेले यसबारे स्पष्ट धारणा सार्वजनिक नगरी टालटुल पार्न खोजेको छ ।
लामो समय वितिसक्दा पनि एमालेले एम अधिकारी गर्भनर नभएको बताएपनि को हुन् एम अधिकारी भन्ने भन्न सकेको छैन ।
धेरै विरोध भएपछि प्रधानमन्त्री शेर बहादुर देउवाले बालुवाटार बोलाएर अधिकारीलाई राजीनामा दिँदै मार्ग प्रशस्त गरिदिन आग्रह गरेका थिए ।अधिकारीले मौद्रिक नीति ल्याएपछि राजीनामा दिने भन्ने खालका समाचार प्रकाशित भएका थिए ।
तस्बिरहरू