‘मानो खाएर मुरी उब्जाउने सिजन’ अर्थात असार लागेसँगै देशभर धान रोपाई सुरु भएको छ ।
वर्षापश्चात धानको ब्याड राखेका किसानहरु अहिले आ-आफ्नो खेतमा रोपाईंमा व्यस्त भएका छन् । शहरबजारमा जन्मेका वा हुर्केका बालिकाहरूलाई धान रोप्न आउँदैन । उनीहरू शहरमै हुर्किए त्यहीको परिवेशमा रमाउँदै गए ।
तर असारमा हिलोमा नखेलीकन कसरी बस्नु । काभ्रेको पनौतीमा पुगेका फोटोग्राफर जेइडन क्षेत्रीको लेन्समा केही तस्विरहरू कैद भए । ती तस्विरमा बालिकाहरू असारको रोपाइमा रमाएका छन् । स-साना नानीहरू कोही विद्यालय ड्रेसमै धान रोप्न पुगेका छन् त कोही धान रोप्न नजाने पनि हिलोसँग खेलिरहेका छन् ।
हेरौं तस्विरहरू
Post and Pre Wedding फोटोग्राफीमा रुची राख्ने जेइडनले कैद गरेका तस्विरहरू उनको फेसबुक पेजमा उपलव्ध छन् । फोटोसुटको लागि उनलाई ह्वाट्सएप वा भाइबरमा 9860295669 नम्बरमा भेट्न सकिन्छ ।