काठमाडौं जिल्लाका नवनिर्वाचित मेयरहरूको आज सपथग्रहण गराइएको छ ।
११ पालिका रहेको यस जिल्लामा काठमाडौं महानगरपालिका र नागार्जुन नगरपालिका बाहेक अन्यको अन्तिम नतिजा निर्वाचन आयोगले घोषणा गरिसकेकको छ ।
मतपरिणाम घोषणा भएका ९ पालिकामध्ये नेपाली कांग्रेसले ६ वटा एमालेले २ र राप्राले एक नगर प्रमुख जित हाँसिल गरेको हो ।
कांग्रेसले कागेश्वरी मनोहरा, कीर्तिपुर, गोकर्णेश्वर, चन्द्रागिरी, तारकेश्वर, दक्षिणकाली नगरपालिकाको प्रमुख पद जित्दा नेकपा एमालेले टोखा र बुढानिलकण्ठ त्यस्तैगरी राप्रपाले शङ्खरापुर नगरपालिकाको प्रमुख पद जित निकालेको हो ।
शुक्रबार काठमाडौ जिल्ला समन्वय समितीको कार्यालय बबरमहलमा नवनिर्वाचित नगरप्रमुखहरूलाई मुख्य निर्वाचत अधिकृतले सपथ ग्रहण गराएका हुन् ।
तस्बिरहरू