काठमाडौं गोकर्णेश्वरमा प्रमुख पदसहित २२ सिट जितेको नेपाली कांग्रेसले नगर स्तरीय विजयी जुलुस निकालेको छ ।
वैशाख ३० गते भएको स्थानीय चुनावको अन्तिम मतपरिणाम अनुसार सो पालिकामा नेपाली कांग्रेसबाट दिपक कुमार रिसाल एक हजार १८८ मतान्तसहित प्रमुख पदमा विजयी भएका हुन् ।
रिसालले ९६९२ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उद्धव विष्टले ८५०४ मत ल्याए । सोही पदमा एकीकृत समाजवादीका गोपाल प्रसाद बरालले १८४१ मत पाउँदा राप्रपाका उम्मेदवार कुमार घिमिरेले ८४० मत पाए ।
त्यस्तैगरी लौरो चुनाव चिह्नका स्वतन्त्र उम्मेदवार विनय सिंखडाले २३९, श्रीकृष्ण बरालले ६२, ओम कुमार श्रेष्ठले ३५, बुद्धिमान थिङ्गले २२, कृष्ण दुवालले १४ र कुल प्रसाद गौतमले १ मत ल्याए ।
उपप्रमुखमा भने नेकपा एमालेकी सान्नानी लामा ८८०४ मतसहित विजयी भइन् । सो पदमा नेपाली कांग्रेसकी शान्ति नेपालले ८६७१ मत ल्याइन भने माओवादी केन्द्रका पेमा छिरि शेर्पाले २७०१ मत ल्याए ।
राप्रपाकी शर्मिला थापाले ८५२ मत, स्वतन्त्र उम्मेदवार लक्ष्मी पुडासैनीले ९६ मत र मुरली गिरीले ३१ मत पाइन् ।
९ वडा रहेको उक्त पालिकाको वडाअध्यक्षमा पनि एमालेले धेरै वडामा जिते निकालेको छ ।
वडा नम्बर ४ मा लौरो चुनाव चिह्नका स्वतन्त्र उम्मेदवार जयराम महत विजयी भए भने पाँचवडा वडामा एमाले र बाँकी तीनवटा वडामा नेपाली कांग्रेस विजयी भएको हो ।
एमालेले वडा नम्बर १ २ ३ ६ र ७ मा वडाअध्यक्ष पद जित्दा कांग्रेसका उम्मेदवारहरूले वडा नम्बर ५ ८ र ९ मा जित निकाल्न सफल भएका हुन् ।
प्रमुख तीन वडाअध्यक्ष र अन्य सदस्य गरेर २२ सिट जितेको नेपाली कांग्रेसले बिहीबार बिहान विजयी जुलुस निकालेको हो ।
थप तस्बिरहरू