
काठमाडौँ- देशमा वैदेशिक सहायता आउने क्रम घट्दै गएको छ । अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ५२ अर्ब ३३ करोड अनुदान प्राप्तिको लक्ष्य राखेको सरकारले जम्मा २३ अर्ब ५३ करोड रुपैयाँ मात्रै प्राप्त गरेको छ । यो लक्ष्यको ३२ दशमलव ६२ प्रतिशत मात्रै हो ।
यस्तै अघिल्लो आर्थिक बर्षको तुलनामा वैदेशिक अनुदान प्राप्ति २ दशमलव ०४ प्रतिशतले घटेको अर्थ मन्त्रालयले जनाएको छ । यस्तै अघिल्लो आर्थिक वर्षको तुलनामा २०८१/८२ मा सरकारले लिने ऋणसमेत घटेको छ ।
आर्थिक २०८१/८२ मा २ खर्ब १७ अर्ब वैदेशिक ऋण लिने सरकारको लक्ष्य रहेकोमा १ खर्ब २५ अर्ब ४० करोड रुपैयाँ मात्रै ऋण लिन सरकार सफल भएको छ । यो सरकारले लिएको वैदेशिक ऋण लक्ष्यको तुलनामा ५७ दशमलव ७८ प्रतिशत हो ।
अघिल्लो वर्षको तुलनामा २०८१/८२ मा वैदेशिक ऋण प्राप्ति ० दशमलव २१ प्रतिशतले घटेको अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।