गोहीको घाँटीमा छ वर्षदेखि बेरिएको टायर झिकियो
इन्डोनेशियामा एउटा गोहीको घाँटीमा छ वर्षदेखि बेरिएको मोटरसाइकलको टायर झिकिएको छ।
जनावर उद्धारकर्ता टोलीले तीन साता लगाएर गोही समाइ घाँटीमा बेरिएको टायर झिकेका हुन्।
सन् २०१६ देखि उक्त गोही घाँटीमा मोटरसाइकलको टायर बोकेर बाँचिरहेको थियो । त्यहाँका स्थानीयहरूले उक्त गोहीलाई डोरीको सहायताले नदीबाट बाहिर निकाले उक्त टायर निकाल्न सफल भएका छन् ।
उनीहरूले घाँटीबाट टायर निकालेपछि गोहीलाई फेरी नदीमै लगेर छाडिदिएका छन् ।
केही समयअगाडि अफ्रिकाको जंगलमा घाँटीमा टायर बोकेर हिडिँरहेको एक जिराफको उद्दार गरिएको थियो ।
हेर्नुहोस् ट्विटरमा शेयर गरिएको उद्दारको भिडिओ
Akhirnya zoo buaya yg terlilit ban sejak 2016 berhasil dilepaskan?❤️ pic.twitter.com/sEGLMAm1u6
— ZOO (@ZOO_FESS) February 8, 2022