काठमाडौं उपत्यकामा जोर बिजोर प्रणाली लागू भएसँगै सडकमा सवारीसाधनहरू कम देखिएका छन् ।
कोरोना सङ्क्रमण तीव्र रुपमा बढ्दै गएकाबेला त्यसको रोकथाम, नियन्त्रण, निदान र उपचारलाई थप प्रभावकारी बनाउने भन्दै काठमाडौं उपत्यका भित्रका तीनवटै प्रमुख जिल्ला अधिकारीहरूले शुक्रबार राति १२ बजेदेखि लागु हुने सवारी साधनहरूमा जोर बिजोर लागू गरेका हुन् ।
हुनत अरूबेला पनि शनिबारको दिन काठमाडौंका सडकहरूमा सवारी साधनको चाप कम हुन्छ । आज उपत्यकाका विभिन्न स्थानहरूमा पुग्दा ठाउँठउँमा ट्राफिक प्रहरीले जोर बिजोर चेक गरिरहेको पाइयो ।
बिहीबार (हिजो) जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै सवारी साधनहरूमा लगाइएको जोर बिजोर प्रणालीको बारेमा थप सपष्ट पारेका छन् ।
जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बरको सवारी सञ्चालनबारे थप स्पष्ट पार्दै प्रशासनले जोर बिजोर लागू नहुने सवारी साधनबारे स्पष्ट जानकारी दिएको छ ।
जोर बिजोर प्रणाली लागू नहुने गरी सञ्चालन गर्न पाईने सवारी साधनहरू
(क) औषधि एवं स्वास्थ्य सामग्री बोकेका सवारी साधन, एम्बुलेन्स, दमकल, शववाहन,
(ख) ग्याँस, पेट्रोलियम पदार्थ,
(ग) खाद्यान्न, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, पानी, अन्डा, माछामासु, पशुपंक्षीका दाना, एवं कृषि तथा पशुजन्य सामग्रीहरु बोक्ने सवारी साधन (चालक र सहचालक मात्र),
(घ) निर्माण सामग्री बोक्ने सवारी साधन (चालक र सहचालक मात्र),
(ङ) परिचयपत्रको आधारमा सरकारी कर्मचारी, चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सार्वजनिक संस्थानका कर्मचारीले प्रयोग गर्ने सवारी साधन,
(च) परिचयपत्रको आधारमा बैक/बीमा/बित्तीय संस्था/वायुसेवा कम्पनी/डाक तथा कुरीयर सेवा/ दूर सञ्चार सेवा प्रदायक निकायका कर्मचारीले प्रयोग गर्ने सवारी साधन,
(छ) सूचना तथा प्रशारण विभागवाट जारी प्रेस पास/पत्रकार परिचयपत्र रहेका संचारकर्मीले प्रयोग गरेका सवारी साधन,
(ज) सरकारी सवारी साधन,
(झ) कुटनैतिक नियोगका सवारी साधन ।
हेरौं तस्विरहरू