राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीजयन्तीको अवसरमा मंगलबार पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी छन् ।
पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा मंगलबार उनले सिंहदरबारको पश्चिम गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी हुन् । विभिन्न राजनीतिक दलका नेता तथा मन्त्रीसहित सरकार कर्मचारी पनि माल्यार्पण कार्यक्रममा सहभागी भएका छन् ।
नेपाली सेनाले राष्ट्रपति भण्डारीलाई सलामी गारद अर्पण गरेको थियो । सैनिक टुकडीले पञ्चेबाजा बजाएको थियो ।
विस २०६३ देखि पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा सरकारले बिदा दिन कटौती गरे पनि २०७४ मा आएर बिदा दिइएको थियो । पुन: पछिल्ला वर्षमा बिदा हटाइएको छ ।
तस्विरहरू