काठमाडौँ- प्रहरीले डेढ किलो कोकिनसहित एक जना भारतीय नागरिकलाई विमानस्थलमा पक्राउ गरेको छ ।
महिलाको गतिविधि शंकास्पद लागेपछि विमानस्थलमा खटिएको लागूऔषध नियन्त्रण ब्युरोको टोलीले उनलाई मंगलबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा ३५ वर्षीया महिला रुबिना अब्दुल्लाह शेख छिन् ।
ब्युरोका अनुसार, उनले ह्याण्ड ब्यागलाई प्लास्टिकको ट्युब बनाएर कोकिन लुकाएर ल्याएको भेटिएको छ ।
लागूऔषध लिन आएका बेला पक्राउ पर्नेमा भारतीय नागरिक ३३ वर्षीय अरुण प्रताप छन् ।
प्रहरीले ती उनलाई बुधबार पक्राउ गरेको थियो । दुवै जनाविरुद्ध विस्तृत अनुसन्धानका लागि प्रहरीले अदालतबाट म्याद थप गरेको छ ।
यसैबीच, प्रहरीले नागार्जुन नगरपालिका-३, इचंगुनारायणबाट समेत कोकिन कारोबारमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा इरिट्रेरियन नागरिक ३७ वर्षीय युसुफ एटोम र रसियन नागरिक ४४ वर्षीय एन्ड्रिई मल्सेभ छन् ।
प्रहरीले शंकास्पद अवस्थामा फेला पारेर पहिले अटमलाई समातेको थियो । त्यसपछि उनी बसेको होटेल कोठाबाट रसियन नागरिक समेत पक्राउ परेका थिए । थप अनुसन्धान भइरहेको छ ।