सरकारले लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले उच्च स्तरीय समन्वय समितिको सिफारिसका आधारमा जेठ २० गतेसम्म लक डाउन लम्ब्याउने निर्णय गरेको हो।
र यो पनि पढ्नुहोस् :
मोरङ र धनकुटामा संक्रमित भेटिएसँगै ३० जिल्ला फैलियो कोरोना
नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई पुगेको र संक्रमितको संख्या दिनदिनै बढेको अवस्थामा रोकाथामको उपयुक्त विल्कप लकडाउन नै भएको निष्कर्ष निकाल्दै सरकारले चैत ११ गतेदेखि जारी गरेको लक डाउन थप गर्ने निर्णय गरेको हो।
नेपालमा कोरोनाका कारण दुईजनाको मृत्यु भएको छ ।
उच्चस्तरीय समन्वय समितिको बैठकमा लक डाउनबारे गम्भीर रुपमा समीक्षा भएको थियो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव नारायणप्रसाद बिडारीले लक डाउनका कारण संभावित संक्रमणलाई नियन्त्रणका राख्न धेरै सफल भएको र आँकलन नै गर्न नसक्ने अवस्था आउन नपाएको बताएका थिए।
सरकारले समितिले प्रदेश र स्थानीयतहका क्वारेन्टाइलाई व्यवस्थित गर्ने र त्यसका लागि अवाश्यक पैसा पठाउने, सुरक्षा सुरक्षा व्यवस्था अझ प्रभावकारी बनाउने निर्णय पनि गरेको छ।