काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा वर्षा हुन थालेको छ। बिहीबार काठमाडौं गोर्खाज र जनकपुर बोल्ट्सबीचको पहिलो खेल सकिएलगत्तै मैदानमा छिटपुट वर्षा सुरु भएको हो।
वर्षा सुरु भएपछि मैदानलाई त्रिपालले ढाकेर सुरक्षित राखिएको छ। बिहीबार साँझ विराटनगर किंग्स र कर्णाली याक्सबीच अर्को खेल हुने तालिका छ।
उक्त खेलअघि काठमाडौंको आकाश बादलले ढाकिएको छ। आकाश धुम्मिएर मैदानमा अँध्यारो बढ्न थालेपछि फ्लडलाइटसमेत बालिएको छ। वर्षाका कारण साँझको खेल प्रभावित हुने हो वा होइन भन्नेबारे भने थप विवरण आउन बाँकी छ।