काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृङ्खलाको अन्तिम खेलमा नेपाली ब्याटर देव खनालले अर्धशतक प्रहार गरेका छन्।
ओमानविरुद्धको महत्त्वपूर्ण खेलमा देवले अर्धशतक पूरा गर्दै नेपालको इनिङ्सलाई मजबुत बनाउने प्रयास गरेका छन्। लिग–२ को अंकतालिकामा शीर्ष छभित्र पर्ने लक्ष्यसहित मैदानमा उत्रिएको नेपालका लागि यो खेल निकै महत्त्वपूर्ण रहेको छ।
देवले ६० बलमा ५० रन पूरा गरेका छन्। उनको अर्धशतकले ओमानविरुद्ध प्रतिस्पर्धात्मक योगफल बनाउने नेपालको आशा बढाएको छ।