काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीपीडितको उद्धार तथा राहतका लागि आफ्नो एक महिनाको पारिश्रमिक प्रदान गर्ने भएका छन् ।
राष्ट्रपति पौडेलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गर्ने राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपति कार्यालयले बिहीबार विज्ञप्ति जारी गर्दै बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले एक महिनाको पारिश्रमिक प्रदान गर्ने निर्णय भएको जानकारी दिएको हो ।
